काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन सम्पन्न भएपनि केन्द्रीय समितिको नामावलीमा हेरफेर अझै जारी छ ।
आज केन्द्रीय समितिको बैठक, पदाधिकारी र सदस्य मनोनीत हुने
पाँच दिनसम्म चलेको महाधिवेशन गत १२ असारमा पदाधिकारी, केन्द्रीय सदस्यसहित केन्द्रीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको थियो । तर केन्द्रीय समिति सदस्यहरूको सूचीमा प्राविधिक त्रुटि भेटिएको भन्दै रास्वपा केन्द्रीय निर्वाचन आयोगले नामावली सच्याउँदै हेरफेर गरेको छ ।
चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनको मत परिणाम र क्लस्टर व्यवस्थापन मिलाउने क्रममा बढी मत ल्याएका उम्मेदवारहरू नै सूचीबाट छुटेको आयोगले प्रष्टीकरण दिएको छ । आयोगमा गुनासो आएपछि आयोगले आवश्यक छानबिन गरी आधिकारिक सूची परिमार्जन गरेको आयोगका संयोजक भुवन केसीले जनाएका छन् ।
आयोगले सच्याएको नयाँ विवरणअनुसार यसअघि केन्द्रीय सदस्यका रूपमा घोषणा गरिएका कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम हटाइएको छ । उनीहरूको स्थानमा क्रमशः ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्यमा निर्वाचित भएको घोषणा गरिएको छ ।
पार्टीको महाधिवेशन निर्वाचन कार्यविधि २०८३ को व्यवस्थाअनुसार जनजाति क्लस्टरतर्फ यसअघि कृष्णमान श्रेष्ठ निर्वाचित भएको विवरण सार्वजनिक भए पनि उम्मेदवारहरूले पेस गरेका कागजात, प्रमाण र मत परिणामको पुनरावलोकन गर्दा ध्रुवकुमार थापामगरको मत बढी देखिएकाले उनलाई निर्वाचित गर्ने निर्णय आयोगले गरेको हो ।
यस्तै, प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशको मत परिणाम गणनामा पनि त्रुटि फेला परेको छ । गण्डकीबाट पूजा बास्तोला निर्वाचित हुनुपर्ने स्पष्ट मत परिणाम देखिए पनि भूलवश सोम शर्माको नाम समावेश हुन गएकाले आयोगले सच्याउँदै बास्तोलालाई आधिकारिक रूपमा विजयी घोषणा गरेको छ ।
भरतपुरमा हालै सम्पन्न रास्वपाको पहिलो महाधिवेशनले ७ पदाधिकारी र ९९ केन्द्रीयय सदस्य गरी कुल १०६ सदस्यीय समिति चयन गरेको थियो । जसमा सभापति पदमा रवि लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
अन्य प्रमुख पदाधिकारीमा महिला उपसभापति सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्रीहरू हरि ढकाल र असिम शाह तथा महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचन प्रक्रियामार्फत निर्वाचित भएका थिए ।
निर्वाचन आयोगले सच्याएको यो नयाँ सूचीसँगै महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहणको तयारी अघि बढाइएको छ ।
त्रुटि सच्याइएपछि महाधिवेशनका उम्मेदवार र प्रतिनिधिहरूमा रहेको अन्योल अन्त्य भएको छ भने पार्टीले आगामी बैठक मार्फत थप मनोनीत सदस्यहरू’bout निर्णय लिने तयारी भएको छ ।
यसैबीच, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण बुधबार हुने नवनिर्वाचित केन्द्रीय सदस्य गणेश पराजुलीले जनाएका छन् । शपथ ग्रहण कार्यक्रम पार्टीको केन्द्रीयय कार्यालयमा हुनेछ ।
पराजुलीका अनुसार शपथ ग्रहणपछि केन्द्रीय समिति बैठक समेत बस्ने तयारी गरिएको छ । बैठकमा पार्टीका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मनोनयनलगायत समसामयिक संगठनात्मक विषयमा छलफल हुने एजेन्डा छ ।
सम्बन्धित समाचार
मध्यरातमा प्रहरीले गर्यो कोशी प्रदेशका मन्त्रीको घर खानतलासी
नगरपालिका बढाउँदै स्थानीय तह घटाउने तयारी
रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि
मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन : बालेन्द्र शाह
रास्वपा महाधिवेशन थप एक दिन लम्बिने
विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति
बालेन सचिवालयका ३ जनाको उम्मेदवारी
एमाले उपाध्यक्ष पौडेलको रिटमा कारण देखाउ आदेश






