अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दुतहरू स्टिभ विट्कोफ र जेरेड कुश्नर हाल कतारको राजधानी दोहामा रहेका छन् । यद्यपि, उनीहरूले इरानी अधिकारीहरूसँग कुनै पनि प्रत्यक्ष भेटवार्ता नगर्ने कतारले मंगलवार पुष्टि गरेको छ ।
कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले साप्ताहिक पत्रकार सम्मेलनका क्रममा अमेरिकी प्रतिनिधिमण्डलले मध्यस्थकर्ताहरूसँग मात्र छलफल गर्ने जानकारी दिए । उनकाअनुसार उक्त छलफल अमेरिका र इरानबीच हालै हस्ताक्षर भएको समझदारी पत्र कार्यान्वयनको प्रगतिका विषयमा केन्द्रित रहनेछ ।
सोही क्रममा प्रवक्ता अल–अन्सारीले इरानको रोक्का गरिएको ६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति अझै पनि तेहरानलाई हस्तान्तरण गरिनसकेको स्पष्ट पारे ।
दोहामा भइरहेको पछिल्लो कुटनीतिक गतिविधिलाई लिएर वासिङ्टन र तेहरानबीच विरोधाभासपूर्ण धारणाहरू सार्वजनिक भइरहेका बेला कतारको यो स्पष्टोक्ति आएको हो ।
अमेरिकाले यी छलफलहरूलाई समझदारी पत्र कार्यान्वयन प्रक्रियाको एक हिस्सा भएको बताएको छ भने इरानले अमेरिकी अधिकारीहरूसँग कुनै पनि प्रत्यक्ष वार्ताको कार्यतालिका नरहेको दाबी गर्दै आएको छ ।
सम्बन्धित समाचार
अमेरिका-इरान वार्ता आज
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा
कतारको रास लाफान ग्यास प्लान्टमा भीषण विस्फोट : १३ जनाको मृत्यु, ६६ घाइते
एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो पत्रकार थिए
‘स्टेट अफ हर्मुजमा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य’
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ३३ सय घाइते
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या १ हजार ४ सय ३० पुग्यो
फ्रान्समा मात्रै गर्मीले १ हजार बढीको मृत्यु






