काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ ।
“पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको हो, थानकोट डिपोबाट लोड भएर मागअनुसार तेल गइसकेको छ, कतिपयमा पुगिसके, कतिपयमा पुग्ने क्रममा छ”, काठमाडौँ उपत्यकासहित प्रमुख सहरका पम्पमा इन्धन भर्नेको लाइन देखिएका सम्बन्धमा स्पष्ट पार्दै निगमका प्रवक्ता मनोज ठाकुरले भने, “पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ, अहिले कुनै समस्या छैन ।”
उपत्यकासहित प्रमुख सहरका पम्पमा एक्कासि उपभोक्ताको चाप बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले केही पम्पको अनुगमन समेत गरेको थियो ।
काठमाडौं उपत्यकाका पम्पहरुले आज निगमको थानकोटस्थित डिपोबाट १३ लाख लिटर डिजेल र १३ लाख लिटर पेट्रोल उठाएका प्रवक्ता ठाकुरले जानकारी दिए । उपत्यकामा करिब १३० भन्दा बढी पम्प रहेका छन् ।
सम्बन्धित समाचार
फास्ट ट्र्याक निर्माणमा बागमतीका मुख्यमन्त्रीकै अवरोध
चामलदेखि स्मार्टफोनसम्म विदेशकै निर्भरता
संघीय अनुदानकै भरमा स्थानीय तहको बजेट
बैंकहरुले ब्याज थपेर कर्जाको जोखिम लुकाउन नपाउने
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो
विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ






