काठमाडौं । ललितपुर इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग देखाउने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । घटनामा संलग्न आरोपमा बैतडी घर भएका सुरेन्द्र भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिएका छन ।
आरोपी भट्ट सरकारी कर्मचारी समेत रहेको खुलेको छ । उनी शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत रहेको थाहा भएको छ । गल्लीमा एक्लै देखेपछि भट्टले कपडा खोलेर गोप्य अङ्ग देखाएको युवतीको आरोप छ ।
पीडितले दिएको निवेदनको आधारमा प्रहरी प्रभाग इमाडोलले त्यस’bout अनुसन्धान थालेको थियो । सिसिटिभी फुटेज सङ्कलन गरेर घटना’bout अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन ।
तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)
सम्बन्धित समाचार
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत
‘पत्रकारिता आचारसंहिता विपरित गतिविधि नगर्न आग्रह’
बालेन सचिवालयका ३ जनाको उम्मेदवारी
बालिका करणी अभियोगमा महतो र राई पक्राउ
सिँचाई सुविधापछि धानखेतमा कोदो रोप्नुपर्ने बाध्यता हट्यो
शारदा थापा घटना प्रकरणमा ४ जनालाई ३ वर्ष सजाय
देशका विभिन्न मुख्य राजमार्गहरूमा अवरोध (सूचनासहित)
हात्तीको आक्रमणमा आमाछोराको मृत्यु






