काठमाडौं । युटुबमा प्रधानमन्त्री बालेन (वालेन्द्र) शाहालगायतका नेताहरुलाई अपमानजनक र गाली गलौजयुक्त सामाग्री प्रसारण गरेको आरोप लागेका पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ डोबाटेका रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको छ ।
जिल्ला अदालत पाँचथरले यस्तो आदेश दिएको हो । पोखरेल विरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दामा पोखरेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाले जानकारी दिएका छन् ।
प्रहरीले पोखरेललाई गत चैत २६ गते पक्राउ गरेको थियो । युटुबमा गाली गरेको आरोपमा पक्राउ परेको सार्वजनिक भएपछि देशभर व्यापक विरोध भएको थियो । चर्को विरोध पछि प्रहरीले चैत २९ गते परिवारलाई जिम्मा लगाएको थियो । तर, जिल्ला अदालतमा मुद्धा दायर भएपछि न्यायाधीश कुमार मास्केको इजलासले पुर्पक्षका लागि कारगार पठाउने आदेश गरेको छ ।
आफ्न्तको जिम्मा लगाए पनि प्रहरी प्रतिवदेनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको थियो । प्रधानमन्त्री शाह तथा निजको परिवारलाई लक्षित गरी मान, सम्मान तथा प्रतिष्ठा समेतमा आँच आउने गरी अपमानजनक तथा अमर्यादित खालका शब्दहरु भिडियो तथा स्टेटस प्रेसित गरेको अभियोग पत्रमा उल्लेख छ ।
सम्बन्धित समाचार
कांग्रेस महामन्त्री गुरुराज घिमिरेका चुनावी कमाण्डर गिरी पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
पत्रकार भण्डारी महेन्द्रनगरबाट पक्राउ
त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
३९ लाख ठगीको अभियोगमा पक्राउ
राष्ट्रपतिले गरे विकास वित्त विधेयक प्रमाणीकरण
देशभरबाट लागूऔषध कारोबारमा संलग्न एक हजार ३६ जना पक्राउ






