मोन्चेग्लाडवाच स्तब्ध

म्युनिख । जर्मन बुन्डेस लिगामा बोरुसिया मोन्चेनग्लाडवाच फ्रेइवर्गसँग स्तब्ध बनेको छ । मोन्चेनग्लाडवाच घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो । हारसँगै मोन्चेनग्लाडवाच ५६ अंक जोडेर चौथो स्थानमा यथावत् रहँदा फ्रेइवर्ग ४१ अंक जोडेर आठौं स्थानमा उक्लन सफल भएको छ । फ्रेइवर्गले अर्काे सिजनको युरोपा लिगको छनोट खेल खेल्ने सम्भावना बढेको छ । फ्रेइवर्ग छैटांै स्थानको वल्फ्सवर्गसँग मात्रै एक अंकले पछि छ ।

फ्रेइवर्गमा शुक्रबार राति भएको खेलमा खेलभर नै घरेलु टोलीलाई दबाबमा राखे पनि मोन्चेनग्लाडवाचले पाएको मौकालाई सदुपयोग गर्न सकेन । दुवै टोलीले पहिलो हाफमा केही सुन्दर मौका खेर फालेका थिए । ५८औं मिनेटमा निल्स पिटर्सनले भिन्सेन्जो गिफ्रोको पासमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा नै गोल गर्न सफल भएको हो ।

पिटर्सन ५७औं मिनेटमा रोलान्ड सालाईको स्थानमा मैदान छिरेका थिए । १ गोलले पछि परेको मोन्चेनग्लाडवाच ६८औं मिनटमा १० खेलाडीमा समेटियो । एलासेन प्लिया दोहोरो पहेंलो कार्ड खादै मैदानबाट बाहिरिएपछि खेलमा मोन्चेनग्लाडवाचको खेलमा फर्कने आशा लगभग सकिएको थियो ।

१० खेलाडीमा समेटिए पनि मोन्चेनग्लाडवाचले लगातार पोस्ट आक्रमण बुने पनि फ्रेइवर्गका गोलरक्षक याम सोमेरले उच्च प्रदर्शन गरेपछि गोल गर्न नसक्दा स्तब्ध बन्न हुन पुग्यो ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढी प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा