निजी क्षेत्रको विश्वास जित्ने प्रधानमन्त्रीको प्रयास

काठमाडौं । प्रधामन्त्री बालेन्द्र शाहले निजी क्षेत्रसँगको सहकार्यमा मुलुकको अर्थतन्त्र सुधार गर्न व्यवसायीसँगको सम्बन्धलाई घनिभूत बनाउन थालेका छन् ।

उद्योगी, व्यवसायीसँग निरन्तर संवाद

सरकारको नेतृत्व सम्हालेको झन्डै चार महिना पुग्नै लाग्दा अहिले प्रधानमन्त्री शाहले व्यवसायीसँगको सम्बन्धलाई थप बलियो बनाउने प्रयास गरेका छन् । यही प्रयासबीच प्रधानमन्त्री शाहले विगत तीन दिनदेखि एकपछि अर्को गर्दै आफूले निजी क्षेत्रका विभिन्न छाता संस्थाका अध्यक्षसँग भेटेर निजी क्षेत्रसँगको सहकार्यमा मुलुकको अर्थतन्त्र सुधार गर्न चाहेको बताएका छन् ।

बिहीबार प्रधानमन्त्री शाहले निर्माण व्यवसायीसँग घनिभूत छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्र’bout चिन्ता व्यक्त गरेको निर्माण व्यवसायीले जानकारी दिएका छन् । क्षणिक लाभभन्दा माथि उठेर दीर्घकालीनरूपमा निर्माण क्षेत्रलाई कसरी अगाडि लैजाने भन्ने’bout छलफल भएको व्यवसायीले बताएका छन् ।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार बिहीबार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।

भेटमा प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डेको नेतृत्वमा भएको छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा, महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए ।

व्यवसायीले निर्माण क्षेत्रले भोग्दै आएको भुक्तानी समस्या, म्याद थप नभएको विषय, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौती’bout प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । उनीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।

यसअघि बुधबार पनि निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्शका प्रतिनिधिसँगको भेटवार्तामा प्रधानमन्त्री शाहले निजी क्षेत्रको सहकार्यबाट नै देशको आर्थिक सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्विमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताए । उनले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताकासाथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

झन्डै दुई घण्टा भएको निजीक्षेत्रका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रका समस्या, अर्थतन्त्रको वर्तमान अवस्था, समाधानको उपायलगायत विषयमा खुलेर छलफल गरेका थिए ।

प्रधानमन्त्री शाहले गम्भीर अपराध बाहेकमा व्यवसायीमाथि धरपकड नहुने र ‘जेन्यून’ मुद्दा अध्यादेशमार्फत ल्याएर भए पनि कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दा व्यवसायी हौसिएका छन् ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर विद्यमान समस्या सुधार गर्न चाहेको बताएका थिए । प्रधानमन्त्रीबाट यसका लागि निजी क्षेत्रका सबै समस्या समाधान गर्ने प्रतिबद्धता आएको जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले छलफल निकै राम्रो भएको बताए ।

छलफलको क्रममा व्यवसायीले केही उद्योगीलाई हिरासतमा राखेको, निजी क्षेत्र त्रासमा रहेको र आत्मविश्वास बढ्न नसकेकोलगायत विषय पनि उठाएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री शाहले कसुरको आरोपका आधारमा केही उद्योगी–व्यवसायीमाथि अनुसन्धान भएपनि समग्र निजी क्षेत्रप्रति सरकार सकारात्मक रहेको र थप लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले हाल बैंकमा कर्जा प्रवाह बढ्न नसकेको, निजी क्षेत्रको आत्मविश्वास खस्किएको, लगानी बढ्न नसकेको, बैंकमा पैसा थुप्रिएको, उद्योग आधाभन्दा कम क्षमतामा चलेको, सेयर बजार लगातार ओरालो लागेकोलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । सो भेटवार्तामा उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्शबाट अध्यक्षसहित दुई–दुई जना पदाधिकारी सहभागी भएका थिए ।

छलफलमा उद्योग वाणिज्य महासंघको तर्फबाट अध्यक्ष श्रेष्ठ र उद्योग समिति सभापति उज्ज्वलकुमार श्रेष्ठ, उद्योग परिसंघको तर्फबाट निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महाप्रवन्धक घनश्याम ओझा, चेम्बरको तर्फबाट अध्यक्ष अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रा सहभागी भएका थिए । व्यवसायीले प्रधानमन्त्रीसँग भएको छलफल उपलब्धिमूलक भएको बताएका छन् ।

प्रधानमन्त्री शाहले विविध कारणले लगानी बढाउन त्रसित रहेका उद्योगी–व्यवसायीलाई भेटेर ढाढस दिए पनि अझै सेयर बजारले सकारात्मक प्रतिक्रिया दिएको छैन ।

प्रधानमन्त्री शाहले सरकारको नेतृत्व सम्हालेको सय दिन पुगेपछि धमाधम ‘सेड्युल’नै बनाएर निजी क्षेत्रका प्रतिनिधिलाई एकपछि अर्को गर्दै भेटेका छन् । निजी क्षेत्रको विभिन्न छाता संस्थाका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा शाहले उद्योगीलाई आश्वस्त बनाउँदा पनि अझै पुँजीबजारमा लगानीकर्ता आश्वस्त हुन सकेका छैनन् । सोही कारण बिहीबार पनि सेयर घट्नेक्रम रोकिएन । प्रधानमन्त्री शाह र उनको सचिवालयले सरकारको सय दिनपछि उद्योगी–व्यवसायीलाई भेट्ने योजना बनाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध आन्दोलन जारी