पेरिस । बालबालिकाको मानसिक स्वास्थ्य, सुरक्षा र डिजिटल लतप्रतिको बढ्दो चिन्ताबीच विश्वका विभिन्न देशले सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अघि सारेका छन् ।
फ्रान्सको संसद्ले मंगलबार १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमाथि मतदान गर्दै गर्दा विश्वका करिब २० देशले यस्तै कानुन लागू गरिसकेका वा तयारी गरिरहेका छन् । तीमध्ये पाँच देशमा यस्तो प्रतिबन्ध पहिले नै कार्यान्वयनमा आइसकेको छ ।
अस्ट्रेलियाले सन् २०२५ को डिसेम्बरदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू गरेको छ । इन्डोनेसिया र मलेसियाले पनि यस वर्षदेखि १६ वर्षमुनिका प्रयोगकर्तामाथि यस्तै प्रतिबन्ध लागू गरेका छन् । टर्कीले १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल निषेध गर्ने कानुन पारित गरिसकेको छ । सो कानुन सन् २०२६ को अन्त्यदेखि लागू हुने अपेक्षा गरिएको छ । संयुक्त अरब इमिरेट्सले पनि १५ वर्षमुनिका बालबालिकामाथि प्रतिबन्ध लगाउने घोषणा गर्दै त्यसको कार्यान्वयनका लागि तयारी गरिरहेको छ ।
ब्राजिलले सामाजिक सञ्जाल प्रयोग गर्ने १६ वर्षमुनिका बालबालिकाको खाता अभिभावकसँग अनिवार्य रूपमा जोड्ने तथा उमेर प्रमाणीकरण गर्ने कानुनी व्यवस्था अघि बढाएको छ । चीनले भने सन् २०१९ देखि नै नाबालिगहरूको इन्टरनेट पहुँच क्रमशः सीमित गर्दै आएको छ । सुरुमा अनलाइन गेममा समय सीमा र रातिको कफ्र्यु लागू गरिएको थियो भने पछि सामाजिक सञ्जाल र स्ट्रिमिङ प्लेटफर्ममा समेत त्यस्ता प्रतिबन्ध विस्तार गरिएको छ ।
युरोपमा पनि बालबालिकाको डिजिटल पहुँच सीमित गर्ने बहस तीव्र बन्दै गएको छ । युरोपेली आयोगले यस वर्षको अन्त्यसम्म १३ वर्षमुनिका बालबालिकाका लागि पूर्ण प्रतिबन्ध तथा १३ देखि १८ वर्षसम्मका किशोरका लागि क्रमिक पहुँचको प्रस्ताव ल्याउने तयारी गरेको छ ।
ग्रिसले सन् २०२७ देखि १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लागू गर्ने घोषणा गरिसकेको छ । अस्ट्रिया र स्लोभेनियाले क्रमशः १४ र १५ वर्षमुनिका बालबालिकाका लागि यस्तै कानुनको तयारी गरिरहेका छन् । जर्मनीमा उमेर वा प्लेटफर्मका आधारमा पहुँच सीमित गर्ने विकल्पमाथि अध्ययन भइरहेको छ भने स्वीडेनले सन् २०२८ देखि १५ वर्षमुनिका बालबालिकाका लागि प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ । डेनमार्कले पनि १५ वर्षमुनिका बालबालिकालाई धेरै सामाजिक सञ्जाल प्लेटफर्मबाट रोक्ने योजना सार्वजनिक गरिसकेको छ । आयरल्यान्डले युरोपेली संघ (इयु) को साझा निर्णय नआए आफ्नै कानुन ल्याउने संकेत दिएको छ ।
युरोपेली संघ (इयु) बाहिर नर्वेले १६ वर्षमुनिका बालबालिकाको पहुँच सीमित गर्ने विधेयक यसै वर्षको अन्त्यसम्म संसदमा दर्ता गर्ने तयारी गरेको छ । बेलायतले सन् २०२७ को सुरुदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने योजना अघि बढाइरहेको छ । क्यानडाले पनि सामाजिक सञ्जाल प्रयोगको न्यूनतम उमेर १६ वर्ष बनाउने तयारी गरिरहेको छ भने भारतका विभिन्न राज्यले यस्ता प्रतिबन्ध’bout छलफल सुरु गरेका छन् । भारत सरकारले सम्भावित व्यवस्था’bout सामाजिक सञ्जाल कम्पनीसँग परामर्श गरिरहेको जनाएको छ ।
यसैबीच फ्रान्सको संसदमा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने विधेयक अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभा र सिनेटबीच सहमति भएपछि मंगलबार मतदान हुन लागेको हो । तल्लो सदनले जनवरीमै विधेयक पारित गरे पनि सिनेटले सबै प्लेटफर्मको सट्टा बढी जोखिमयुक्त प्लेटफर्मलाई मात्र लक्षित गर्ने संशोधन गरेपछि ब्रसेल्समा त्यस’bout चासो व्यक्त गरिएको थियो ।
फ्रान्स सरकारले यो कानुन आगामी सेप्टेम्बरदेखि लागू गर्ने लक्ष्य लिएको छ । डिजिटल मन्त्री आन ले हेनाफले यो व्यवस्था लागू भए फ्रान्स युरोपमा ‘डिजिटल कानुनी उमेर’ निर्धारण गर्ने पहिलो देश बन्ने बताएका छन् ।
यस्तै, पोर्चुगलले सामाजिक सञ्जाल, खेल, सेवा र डिजिटल एप स्वतन्त्र रूपमा प्रयोग गर्न न्यूनतम उमेर १६ वर्ष कायम गर्ने विधेयकमाथि विचार गरिरहेको छ । स्पेनले सामाजिक सञ्जालमा दर्ता हुन आवश्यक न्यूनतम उमेर १४ बाट १६ वर्ष पु¥याउने प्रस्ताव अघि सारेको छ भने इटालीको संसद्ले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने कानुनमाथि छलफल गरिरहेको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार
‘बालेनको पुलिस होइन’ भन्ने अभिव्यक्ति दिएका डीएसपी सोधपुछका लागि जिल्ला तानिए
कानुनभन्दा माथि छन् महानगर प्रहरी
मिडियाको कार्यालयअघि गाडी तेर्स्याइएको विषयमा रास्वपाले के भन्यो ?
उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता
मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधन






