काठमाडौं । आफ्नै शरीरमा आगो लगाएर घाइते भएका राइड सेयरिङ चालक गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर र अस्थिर रहेको वीर अस्पतालले जनाएको छ ।
शुक्रबार नेपालीको स्वास्थ्य अवस्था’bout प्रेस विज्ञप्ति नै जारी गरेर उपचारमा संलग्न चिकित्सकले उनलाई भेन्टिलेटरमा राखिएको र कुनै पनि समय अवस्था बिग्रिन सक्ने जनाएका हुन् ।
डाक्टरहरूका अनुसार नेपालीलाई ५५ प्रतिशत गम्भीर रूपमा जलेको अत्यन्तै जटिल अवस्थामा वीर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो।
भर्ना भएकै समयदेखि उनलाई मेकानिकल भेन्टिलेटरमा राखी प्लाष्टिक सर्जरी, एनेस्थेसिया, र क्रिटिकल केयर मेडिसिनका वरिष्ठ विशेषज्ञ चिकित्सकहरू, नर्सिङ विधाका दक्ष स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार उनको जीवन रक्षाका लागि २४ सै घण्टा निरन्तर जुटिरहेको बताइएको छ ।


तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)
सम्बन्धित समाचार
श्रीमानले बँदेल नियन्त्रणका लागि राखेको करेन्ट लागेर श्रीमतिको मृत्यु
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आमाको दूध प्रतिस्थापन गर्ने कृत्रिम वस्तु बिक्रीमा निषेध
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल
एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
दोस्रो दिन पनि कैदीबन्दीकै नियन्त्रणमा कपिलवस्तु कारागार
सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खस्यो






