काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले सिर्जित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल गरेका छन् ।
बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक बोलाएका हुन्। बैठकमा विपद् व्यवस्थापन, राहत तथा उद्धारसँग प्रत्यक्ष सम्बन्धित रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको छ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन, घाइतेहरूको निःशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारसम्म तत्काल राहत सामग्री पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
राहत क्याम्प व्यवस्थित र सुरक्षित बनाउन निर्देशन
प्रधानमन्त्री शाहले विस्थापितका लागि निर्माण गरिएका राहत क्याम्प पूर्ण रूपमा व्यवस्थित र सफा हुनुपर्नेमा जोड दिएका छन्।
उनले क्याम्पमा बस्ने व्यक्तिहरूको व्यक्तिगत गोपनीयता (प्राइभेसी) सुनिश्चित गर्न तथा महिला, बालबालिका र वृद्धवृद्धालाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्ने व्यवस्था मिलाउन स्पष्ट निर्देशन दिएका छन्।
सडक, विद्युत् र सञ्चार शीघ्र सञ्चालन गर्न निर्देशन
बाढीका कारण क्षतिग्रस्त सडक, विद्युत् तथा सञ्चार संरचना यथाशीघ्र सञ्चालनमा ल्याउन प्रधानमन्त्री शाहले सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएका छन्।
अत्यावश्यक पूर्वाधार तथा सेवा पुनः सञ्चालनका लागि सम्बन्धित मन्त्रालयहरूलाई आपसी समन्वयमा एकीकृत कार्ययोजना बनाएर तत्काल काम अघि बढाउन निर्देशन दिइएको छ।
सम्बन्धित समाचार
चीनतर्फबाट आएको विनाशकारी बाढीले रसुवामा ठूलो क्षति भएको पूर्वानुमान
बाढी प्रभावित क्षेत्रबाट फर्के प्रधानमन्त्री बालेन, भौतिकमन्त्री लम्साल नुवाकोटमै
कांग्रेसको १५औं महाधिवेशन: असोज १६-१९ को मिति यथावत
सुदूरपश्चिम सरकार गठन : भोलि बिहान ११ बजेभित्र दाबी पेस गर्न आह्वान
जेनजी आन्दोलनका घाइते र शहीद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण
रोकिराखेको बस आफैं गुडेर भीरबाट खस्दा २ महिलाको मृत्यु




