बुद्धनगरमा आत्मदाहको प्रयास गरेका उद्यमी राउतको निधन

काठमाडौं । बुद्धनगरमा आत्मदाहको प्रयास गरेका उद्यमी आश्विन राउतको निधन भएको छ । आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका ५० वर्षीय राउतको वीर अस्पतालमा निधन भएको हो ।

आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । सघन कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको थियो । राउतको शरीर ६० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।

राउतको आत्मदाहको प्रयासको कारण भने खुलेको छैन । त्यस’bout अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 337 times, 1 visits today)

epaper

ताजा समाचार

बझाङको सुगरेमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, १३ जना घाइते