खजुरा । बाँकेको खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ ।
गाउँपालिका अध्यक्ष डम्बरबहादुर विककाअनुसार खजुरा बजार क्षेत्रमा पर्ने मुख्य सडकको वैकल्पिक मार्गका रूपमा खजुरा गाउँपालिका–३ स्थित आदर्श मावि, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरिएको हो ।
अब हुलाकी सडकअन्तर्गत खजुरा बजार वा पेडारी नाला क्षेत्रमा कुनै अवरोध आए पनि अब आदर्श मावि, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक प्रयोग गरी नेपालगञ्ज–गुलरिया सहज रूपमा आवतजावत गर्न सकिने भएको छ ।
प्रदेश सरकारको छ करोड १० लाख ९० हजार २८६ को लागतमा पुल निर्माण सम्पन्न भएपछि खजुरा बजार क्षेत्रको मुख्य सडकको वैकल्पिक मार्गका यो सडक निर्माण भएको हो ।
खजुरा गाउँपालिकाका आठवटै वडाका गाउँहरूलाई कालोपत्रे सडक सञ्जालले जोड्ने, प्रत्येक टोलमा कालोपत्रे सडक विस्तार गरी ‘धुलोरहित गाउँ’ निर्माण गर्ने तथा ढल र नालाको निर्माण तथा स्तरोन्नति गरी उचित पानी निकासको व्यवस्था गर्दै ‘डुबानमुक्त गाउँ’ बनाउने लक्ष्यसहित गाउँपालिकाले काम गरिरहेको छ ।
सम्बन्धित समाचार
थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै
पाँच करोड ५१ लाखको लागतमा भवन निर्माण हुँदै
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र
अब विषादीको व्यवसाय जथाभावी गर्न नपाइने
उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज






