ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगोल

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डंगोल बिजयी भएका छन् । परिषद्को राजधानीमा सम्पन्न ३०औं र ३१ औं वार्षिक साधारणसभा तथा आइतबार सम्पन्न निर्वाचनको मतपरिणामबाट डंगोल अध्यक्षमा बिजयी भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार प्रश्रय राजभण्डारीलाई झन्डै डब्बल मतले पराजित गर्दै डंगोल बिजयी भएका हुन् । नवर्निवाचित अध्यक्ष डंगोेलले ७ सय २८ मत प्राप्त गरेका छन् भने राजभण्डारीले जम्मा ३ सय ६५ मत प्राप्त गरेका थिए ।

परिषद्को प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा बिजयी भएका छन् ।

महासचिवमा पशुपति कँडेल,सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चुलामु भुटिया (श्रेष्ठ) बिजयी भएका छन् । यसैगरी, केन्द्रिय सदस्यहरूमा कृष्णबहादुर सेढाईं,सुरेन्द्र डंगोेल, बालकृष्ण खनाल,सानुकाजी महर्जन,रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर र चन्द्रा तामाङ बिजयी भएका छन् ।

परिषद्को आगामी दुईवर्षे कार्यकालका लागि सम्पन्न भएको सो निर्वाचनमा कुल १ हजार ३ सय ९ मतदाता थिए । जसमध्ये १ हजार २ सय २५ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष डंगोलले सबै ब्यवसायीलाई एकजुट गराएर ब्यावसायिक हक सुरक्षित बनाउँदै व्यवस्थित ठमेल निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने प्रतिवद्धता जनाए । डंगोलले मुलुकको पर्यटकीय बजार एवं अन्तर्राष्ट्रिय पर्यटक केन्द्र ठमेललाई थप व्यवस्थित बनाउन अहिलेका नयाँ प्रविधिसँग जोडेर अगाडि बढ्ने लक्ष्य लिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगोल