दिशालाई हलिउडमा काम गर्दा फरक सिकाइको अनुभव

मुम्बई । प्रियंका चोपडा, दीपिका पादुकोण र तब्बु जस्ता अभिनेत्रीहरूलाई पछ्याउँदै, अर्की बलिउड अभिनेत्री दिशा पटानी पनि हलिउडमा प्रवेश गरेकी छिन् । उनी ओस्कार विजेता निर्देशक केभिन स्पेसीको थ्रिलर “होलीगाड्र्स सागा – द पोर्टल अफ फोर्स’ मार्फत हलिउडमा डेब्यु गर्दै छिन् । उनको यो चलचित्रको टिजर सार्वजनिक भएपछि दिशाको कामको सबैले प्रशंसा गरेका छन् । यो चलचित्रको टिजरबाटै उनको अन्तर्राष्ट्रिय स्तरमा चर्चा बढेको छ । चलचित्र रिलिज भएपछि अन्तर्राष्ट्रिय स्तरमा छाप छोड्न विश्वास यी अभिनेत्रीको छ ।

“होलीगाड्र्स सागा“ मा डल्फ लुन्डग्रेन, टायरेस गिब्सन, ब्रायना हिल्डेब्रान्ड र एरिक रोबट्र्स जस्ता प्रमुख विश्वव्यापी स्टारहरूसँग अभिनय गरेकी छिन्। हालैको एक अन्तर्वार्तामा, दिशाले हलिउडमा सफलताको लागि आवश्यकताहरूको ’boutमा खुलेर कुरा गरिन्। उनले जोड दिइन् कि कलाकारहरूले अन्तर्राष्ट्रिय अडिसन, प्रतिभा प्रतिनिधित्व र भिसामा संलग्न जटिल प्रक्रियाहरू नबुझी भारतमा बसेर विश्वव्यापी भूमिकाहरू पाउने आशा गर्न सक्दैनन्।

अभिनेत्री दिशाले भारतमा बसेर मेन स्ट्रिमको हलिउड चलचित्रमा भूमिका पाउन सजिलो नभएको बताएकी छिन् । भेराइटी इन्डियासँग कुरा गर्दै दिशा पटानीले भनिन्, ‘निर्देशक केभिन स्पेसी साँच्चै अद्भुतका निर्देशक लाग्यो मलाई । आफू एक अभिनेता समेत भएकाले उनी आफ्ना कलाकारहरूलाई राम्ररी बुझ्छन् र चलचित्रमा हामीलाई आफ्नो चरित्रमा डुब्न धेरै हदसम्म स्वतन्त्रता दिन्छन् ।’
अभिनेत्री दिशाले निर्देशक केभिनद्धारा छायांकन भन्दा अघि सम्बन्धित भूमिकामा आफ्ना अनुभवहरू सुनाउन समेत अवसर दिएको बताएकी छिन् । यो भूमिकाको लागि तपाईँ कस्तो प्रतिक्रिया दिनु हुन्छ ? भन्दै निर्देशकले आफूसँग सम्बन्धित भूमिकाको ’boutमा धेरै राय लिएको पनि उनले खुलासा गरेकी छिन् ।

चलचित्रको चरित्रमा बाँधिने क्रममा निर्देशक केभिनले लिएका सल्लाहहरू’bout अभिनेत्री दिशाले भनिन्,‘के तिमी यो दृश्यमा रुन सक्छौ?, तिमीले यो दृश्यमा आफ्ना भावनाहरू कसरी व्यक्त गर्छौ? भनेर छायांकनमा जानु अघि हरेक बिहान उहाँले हामीहरूसँग सुझाव लिनुहुन्थ्यो र सो सुझावलाई कार्यान्वयन गर्दै सर्ट तयार गर्नु हुन्थ्यो ।’

अभिनेत्री दिशाले विगतमा बलिउडमा काम गर्दा कुनै पनि निर्देशकसँग सम्बन्धित भूमिका यसरी गरौँ भनेर सुझाव दिने गरेकी थिइनन् । आफूसँग यो दृश्य कसरी गर्ने भनेर विगतमा बलिउडका कुनै पनि निर्देशकले नसोधेको पनि उनले बताइन । यस’bout दिशाले भनिन्,‘डिरेक्टर तथा कास्टिङ डिरेक्टरलाई हामीले जे गर्नु भन्नु हुन्थ्यो, हामी त्यही गथ्र्यौँ । तर हलिउडमा काम गर्दा सम्बन्धित दृश्यमा कसरी राम्रोसँग काम गर्ने भनेर कलाकारहरूसँग सुझाव लिने र त्यसलाई अझ परिमार्जन गरेर दृश्य छायांकन गरिने कार्यले मलाई निकै ऊर्जा मिल्यो ।’

आफ्नो हलिउड डेब्यू र अडिसनको ’boutमा अभिनेत्री दिशाले भनिन्, ‘हलिउडमा चरित्रमा लिनु अघि अडिसन टेम्पलेटहरूमा धेरै जोड दिइँदो रहेछ । त्यहाँ प्राय अडिसन दिइने गरिँदो रहेछ, ताकी त्यो चरित्रमा सम्बन्धित कलाकारलाई कत्तिको उपयुक्त देखिन्छ भन्ने कुरा अडिसनबाट जाँच गरिँदो रहेछ ।’

तर चलचित्रमा काम गरिरहेकाहरू र नयाँ कलाकारहरूसँग लिइने अडिसनमा निकै भिन्नता हुने गरेको पनि यी अभिनेत्रीले बताइन् । अडिसनमा बोलाउनु अघि सम्बन्धित कलाकारको जानकारी राख्ने, विगतका कामहरू हेरेर मूल्यांकन गर्ने चलन समेत आफूलाई नयाँ लागेको दिशाले बताइन् ।

फरक देशका नागरिकलाई चलचित्रमा बोलाउनु अघि त्यो कलाकारको भिसाको अवस्था, अमेरिकामा बस्नको लागि इच्छा जस्ता कुरालाई पनि उनीहरूले ध्यान दिने गरेका अनुभव पनि दिशाले सुनाएकी छिन् । चलचित्रमा काम गर्दा सबैले सम्मान गरेको देख्दा आफूलाई निकै खुसी लागेको पनि यी अभिनेत्रीले बताएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

बालेन सरकारले संविधान संशोधनको नाममा परिस्थिति गिजोल्न खोजे : साह