काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको र यस सम्बन्धमा आमसञ्चारमाध्यममा प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै मिडियालाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताका ठाडो उल्लङ्घन भएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘एक लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको छ ।’
कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन् गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अङ्गलाई सङ्कुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू किमार्थ स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख छ ।
यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शङ्कास्पद गतिविधिमा सङ्लग्न जोसुकै भए पनि तत्काल पहिचान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।
सञ्चार जगतलाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहन अपिल समेत गरेको छ ।

सम्बन्धित समाचार
उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ
सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे
नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग
विष्णु पौडेलको रिटमा भट्ट र अग्रवालको मिसिल झिकाउन सर्वोच्चको आदेश
‘सुरिलो रुख’लाई ४ लाख पुरस्कार
रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी
सरकारका १०० दिन, ‘भ्रष्ट’का गए दिन’
परराष्ट्र मन्त्रालयका १०० दिनः प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म






