काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल वितरणमा हुन सक्ने अनियमितता रोक्न सञ्चालनमा ल्याएको हटलाइनमा पछिल्लो समय गुनासो आउने क्रम बढेको छ ।
त्यहाँ प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मार्दा रासायनिक मल वितरणमा अनियमितता भएको तथ्य समेत फेला परेको छ । सोही गुनासोका आधारमा गुल्मीको कालीगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा अनियमितता भएको आशंका गरिएको छ ।
जिल्लास्थित नवप्रगतिशील कृषि सहकारी संस्थाका सचिव प्रेमनारायण पाण्डेले सरकारको अनुदान रासायनिक मल सहकारीमार्फत नभई निजी पसलले बढी मूल्यमा बिक्री गरेको पाइएको छ ।
मन्त्री चौधरीका अनुसार सहकारीले कृषि सामग्री कम्पनी लिमिटेड, भैरहवाबाट असार १५ गते भएको सम्झौताअनुसार ५३५ बोरा युरिया र १७१ बोरा डिएपी मल ल्याइ सहकारी कार्यालयबाट बेचविखान गर्न पर्नेमा निजी पसलबाट भएको पाइएको छ ।
कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरमा नीलकण्ठ पाण्डेको पसल, कालिगण्डकी गाउँपालिकामा वडा नं २ अर्बेनीमा कमलप्रसाद न्यौपाने र उमापति न्यौपानेका किराना पसल तथा कालिगण्डकी गाउँपालिकामा वडा नं ४ मा निरमाया बुढाले सञ्चालन गरेको स्टेशनरी पसल अगाडि मल बिक्री गरिएको पाइएको नेपाल प्रहरीले जनाएको छ ।
मल बिक्री वितरण गर्दा उपभोक्तालाई रसिद नदिएको तथा खरिदकर्ताको अभिलेखसमेत नराखेको पाइएको प्रहरीको भनाइ छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शाह चितवनमा
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
शिक्षामन्त्रीद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी
प्रतिनिधिसभाको बैठक शनिबार
लागू पदार्थ सेवन तथा तस्करी विरुद्ध राउटे समुदायमा सचेतना कार्यक्रम संचालन
पर्यटनलाई कृषिसँग जोड्न ‘रोपाइँ महोत्सव’
रास्कोटमा खाद्यान्न अभाव नहुने






