धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट समयमा खर्च गर्न नसक्दा १२ अर्ब ५९ करोड रुपैयाँ फ्रिज भएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीको तथ्यांकअनुसार ३३ अर्ब ४३ करोड २५ लाख ३ हजार ४ सय रुपैयाँको कुल बजेटमध्ये २० अर्ब ८३ करोड ९२ लाख ५१ हजार रुपैयाँ मात्र खर्च भएको हो । यसरी कुल बजेटको ६२.३ प्रतिशत मात्र खर्च भएको छ ।
चालु ६८%, पुँजीगत ५८% खर्च
कार्यालयका अनुसार चालु खर्चतर्फ ६८.२२ प्रतिशत र पुँजीगत खर्चतर्फ ५८.३ प्रतिशत मात्र कार्यान्वयन भएको छ । यो प्रदेश सरकारको हालसम्मकै कमजोर खर्च दर हो ।
आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै ९ अर्ब ६ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । यो कुल वार्षिक खर्चको २७.१३ प्रतिशत हो । पुँजीगत खर्चतर्फको ३०.३ प्रतिशत रकम पनि असारमै खर्च भएको तथ्यांकले देखाएको छ ।
मन्त्रालयहरूको अवस्था कमजोर
सबैभन्दा बढी बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले १५ अर्ब २८ करोड ४२ लाख रुपैयाँमध्ये करिब ६० प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको खर्च ५८.६९ प्रतिशत, सामाजिक विकास मन्त्रालयको ७१.५५ प्रतिशत र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ७१.४९ प्रतिशत रहेको छ ।
सात मन्त्रालयमध्ये आन्तरिक मामिला तथा कानुन मन्त्रालयको खर्च सबैभन्दा कम छ। ३४ करोड ६ लाखको बजेटमा २३ करोड ५८ लाख ९६ हजार रुपैयाँ खर्च हुन सकेन ।
स्थानीय तहको ८६ करोड पनि फ्रिज
प्रदेश सरकारले स्थानीय तहलाई दिने भनिएको ३ अर्ब ६३ करोड ९५ लाख रुपैयाँमध्ये ८६ करोड ८४ लाख ४० हजार रुपैयाँ खर्च नभई फ्रिज भएको छ । बजेट कार्यान्वयन कमजोर हुँदा प्रदेशका विकास निर्माणका काम प्रभावित हुने विज्ञहरूको भनाइ छ ।
सम्बन्धित समाचार
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
पत्रकार भण्डारी महेन्द्रनगरबाट पक्राउ
मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव
एनसेलका लगानीकर्ता र व्यवस्थापकविरुद्ध ठगी र आपराधिक विश्वासघातको मुद्दा
आफ्नै जिल्लामा बजेटको वर्षा, सुदूरपश्चिम सरकारमाथि स्रोत–साधन दुरुपयोगको आरोप
कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ
धनगढीमा एकीकृत भान्साघर, ४ हजार विद्यार्थीले पोषणयुक्त दिवा खाजा पाउने
वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन






