मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक लगाएको छ। सोमबार साँझ सूचना जारी गर्दै सो सडक खण्डमा सवारी आवागमनमा रोक लगाउने जानकारी दिइएको हो ।

लगातार भएको भारी वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएको छ। पहिरोका कारण सडक अवरुद्ध भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा रोक लगाइएको जनाएको हो ।

‘लगातार भएको भारी वर्षाको कारण नारायणगढ मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा पहिरो गई सडक अवरुद्ध हुन पुगेको हुँदा यो सडकखण्ड भएर चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आवागमन अर्को सूचना प्रकाशन नभएसम्मका लागि पूर्ण रूपमा रोक लगाइएको छ’, प्रशासनद्दारा जारी सूचनामा भनिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 545 times, 1 visits today)

epaper

ताजा समाचार

स्कोरपिओ दुर्घटना हुँदा विद्युत् प्राधिकरणका २ कर्मचारीको मृत्यु