रौतहटमा एक युवाद्वारा पेट्रोल छर्केर आत्मदाह प्रयास

काठमाडौं । रौतहटमा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका छन् । गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालका अनुसार गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय गौतमकुमार सहनीले बुधबार बिहान करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । उनलाई तत्काल स्थानीय अस्पताल पुर्‍याइए पनि अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

एसपी रिजालका अनुसार सहनीको शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनी डिप्रेसनमा रहेको र अत्यधिक मदिरा सेवन गर्ने गरेको जानकारी परिवारले प्रहरीलाई दिएको छ । घटनाको कारण’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्ला केही सातायता देशका विभिन्न स्थानमा आत्मदाहका प्रयास र घटनाहरू बढिरहेका छन् । यसअघि मुगुका गणेश नेपाली, काठमाडौंका आश्विन राउत र सर्लाहीका विवेक मण्डलले आत्मदाह गरेपछि उपचारकै क्रममा ज्यान गुमाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

बोहराको हत्यारा निटकका साथीवाट भएको प्रहरीको भनाइ