कोशीमा टुट्यो कांग्रेस–एमाले सत्ता सहकार्य

इटहरी । कोशी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारीमा रहेको नेपाली कांग्रेस अन्तिम घडीमा ‘पर्ख र हेर’को रणनीतिमा पुगेको छ । बिहीबार बसेको प्रदेशस्तरीय संयन्त्रको बैठकले सरकारबाट तत्काल बाहिरिने निर्णय गर्ने तयारी गरेपनि केन्द्रीय नेतृत्वको हस्तक्षेपपछि कुनै औपचारिक निर्णय नगरी बैठक टुंगिएको हो ।

बैठकपछि कांग्रेस प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापालाई अबको राजनीतिक संवादका लागि जिम्मेवारी दिइएको छ । थापा र केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद अमृत अर्याललाई केन्द्रीय नेतृत्वसँग समन्वय गरी आवश्यकीय निर्णय गर्ने जिम्मेवारी दिएको छ ।

संसदीय दलका नेता थापाले एमालेसँगको सत्ता सहकार्य राजनीतिकरूपमा समाप्त भइसकेको बताए । उनले अब कांग्रेस तीन सम्भावित राजनीतिक विकल्पमा छलफल गरिरहेको प्रतिक्रिया दिए । ‘एमालेसँग पुनः सहकार्यको सम्भावना, नेकपासँग नयाँ समीकरण वा प्रतिपक्षमा बस्ने यी तीनवटै विकल्प खुला छन्,’ थापाले राजधानीसँग भने, ‘यस’bout अब शुक्रबार मात्रै निर्णय हुन्छ । कोशीको सत्ता समीकरणको अवस्था जटिल भएका कारण बिहीबार नै निर्णय गर्न सकिएन ।’

खासगरी कोशीमा संविधानको धारा १६८ (५) बमोजिम सरकार गठन भइसकेकाले अब कसरी र कसको नेतृत्वमा सरकार बनाउने भन्ने’bout छलफल भइरहेको छ । खासगरी ९३ सदस्यीय रहेको कोशीमा बहुमतका लागि ४७ सदस्य आवश्यक पर्ने भएपनि यहाँ रहेका कुनै पनि दलसँग स्पष्ट बहुमत नहुँदा सत्ता समीकरण नै गर्नुपर्ने बाध्यता छ । जसकारण यसअघि केन्द्रमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहँदा कांग्रेस–एमालेबीच सत्ता सहकार्य भएको थियो । कोशी प्रदेशमा पनि आलोपालो सरकारको नेतृत्व गर्नेगरी पहिलो कार्यकालमा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीका लागि कांग्रेसले समर्थन गरेको थियो ।

कार्कीको नेतृत्वमा रहेको मन्त्रीमण्डलमा कांग्रेसका तर्फबाट हाल पाँच जना मन्त्री सहभागी छन् । कांग्रेसका तर्फबाट प्रदीपकुमार सुनुवार, मानबहादुर लिम्बू, भीम पराजुली, इस्राइल मन्सुरी र शोभा चेम्जोङ मन्त्री छन् । उनीहरूलाई बिहीबार नै राजीनामा गराउने तयारी गरिएको भएपनि निर्णय नहुँदा शुक्रबार टुंगिन सक्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए ।

कोशीको सत्ता निरन्तरता’bout अब केन्द्रबाट आउने राजनीतिक निर्णय नै निर्णायक हुने देखिएको उनी बताउँछन् ।

उनका अनुसार केन्द्रबाट औपचारिक निर्णय आएपछि प्रदेशमा पुनः बैठक बसेर सरकारमा रहने वा बाहिरिने विषयमा अन्तिम निर्णय गर्नका लागि थापालाई जिम्मेवारी दिइएको छ । ‘बिहीबारको बैठकबाट ठ्याक्कै यसै गर्ने भन्ने निर्णय नहुँदा मन्त्रीलाई पनि फिर्ता नबोलाइएको हो,’ तामाङले फोन सम्पर्कमा भने, ‘अब राजनीतिक अवस्था हेरेर केन्द्रको निर्णयबाट समीकरण टुंगिन्छ ।’

सुदूरपश्चिदेखि देखिएको प्रदेशहरूको सत्ता समीकरणमा कोशीको समस्या भने फरक रहेको उनको भनाइ छ । ‘कोशीको सत्ता समीकरण अन्य प्रदेशभन्दा फरक छ, यस’bout दलको नेताले केन्द्रसँग छलफल गरी टुंगो लगाउनुहुन्छ,’ उनले थपे ।

प्रदेश सरकारहरूको सत्ता सहकार्यमा नेकपा (एमाले) र नेपाली कांग्रेसबीच देखिएको दरारको प्रत्यक्ष असर कोशी प्रदेश सरकारमा पनि पर्ने संकेत देखिएपछि नेपाली कांग्रेसले एमाले नेतृत्वको प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो । जसले गर्दा कोशी सरकार पनि राजनीतिक रूपमा नयाँ मोडमा पुगेको हो ।

यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिले एमाले नेतृत्वका प्रदेश सरकारबाट बाहिरिने नीति लिएको थियो । सुदूरपश्चिम र कर्णालीमा त्यसको कार्यान्वयन सुरु भइसकेको छ । तर कोशीमा भने केन्द्रको औपचारिक निर्देशन नआएसम्म थप निर्णय नहुने जनाइएको छ । कांग्रेसले गठबन्धनसँगको दूरी बढाइसकेको भए पनि सरकार छाड्ने ‘टाइमिङ’ भने केन्द्रको राजनीतिक निर्णयसँगै तय हुने संकेत देखिएको हो ।

नेकपालाई फकाउँदै एमाले–कांग्रेस
कोशी प्रदेशमा सरकार गठनको अंकगणित अहिले नेकपाको निर्णयमा निर्भर देखिएको छ । कुनै पनि दलसँग स्पष्ट बहुमत नपुगेपछि एमाले र कांग्रेस दुवैले नेकपालाई आफ्नो पक्षमा ल्याउने प्रयास तीव्र बनाएका छन् । सत्ता समीकरण फेरिने सम्भावनाबीच नेकपाले कसलाई साथ दिन्छ भन्ने विषय नै सरकारको भविष्य निर्धारण गर्ने प्रमुख आधार बनेको छ । राजनीतिक वृत्तमा अहिले सबैभन्दा बढी चासो नेकपाको आगामी कदमतर्फ केन्द्रित छ ।

थापालाई मुख्यमन्त्री बनाउने कांग्रेसको आन्तरिक तयारी
यता, सत्ता समीकरण परिवर्तन भएमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गृहकार्य पनि अघि बढाएको स्रोतको दाबी छ । त्यसका लागि संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने विषयमा पार्टीभित्र आन्तरिक छलफल भइरहेको बताइएको छ । यद्यपि, थापाको नाममा कांग्रेसभित्र पूर्ण सहमति भने बनिसकेको छैन । नयाँ सत्ता समीकरण सम्भव भए नेतृत्व कसले गर्ने भन्ने विषयमा नेताहरूबीच अझै परामर्श जारी रहेको स्रोतले जनाएको छ ।

केन्द्रको राजनीतिक निर्णय र सम्भावित नयाँ गठबन्धनको टुंगो लागेपछि मात्रै नेतृत्वको विषय औपचारिकरूपमा अघि बढाइने कांग्रेस नेताहरू बताउँछन् । अहिले भने पार्टीले सत्ता समीकरणको बदलिँदो अंकगणितलाई नजिकबाट नियालिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

epaper

ताजा समाचार

बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय