उदयपुर जिल्ला अदालतद्वारा एकै वर्षमा १८ करोड भन्दा बढी जरिवाना असुल

उदयपुर । उदयपुर जिल्ला अदालतले फैसला कार्यान्वयनका क्रममा गत आर्थिक वर्ष ०८२÷०८३ मा जरिवाना बापत १८ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । जिल्ला अदालतले एक वर्षमा जरिवाना बापत १८ करोड ७८ लाख ४८ हजार ४७४ रुपैयाँ राजस्व संकलन गरेको हो ।

विगतका वर्षहरूमा विभिन्न प्रकृतिका मुद्दाबाट ४५ करोड ६९ लाख ४५ हजार ७९८ रुपैयाँ बक्यौता भएकोमा १८ करोड भन्दा बढी रकम असुल गरिएको हो । उदयपुर जिल्ला अदालतका तहसिल शाखाले उपलब्ध गराएको तथ्याङ अनुसार गत आर्थिक वर्ष फैसला कार्यान्वयनमा ४६२ वटा निवेदन दिएकोमा ३३५ फछर्यौट भएको र १२७ बाँकी रहेको जनाए । जसमा ४८ वटा निवेदन ६ महिना नाघेको जनाएका छन । गत आर्थिक वर्ष फैसला कार्यान्वयनमा ७२.५ प्रतिशत प्रगति भएको उदयपुर जिल्ला अदालतले जनाएको छ ।

त्यसैगरी फैसला कार्यान्वयनका क्रममा विगतको वर्षहरुमा बिभिन्न प्रकृतिका मुद्धाबाट कैद सजाय पाएका २ हजार ७ सय ३८ वर्ष ११ महिना ६ दिने मध्ये गत आर्थिक वर्ष ४९२ वर्ष १४ दिन कैद सजाय कार्यान्वयन गर्न सफल भएको र २ हजार २ सय ४७ वर्ष १० महिना २२ दिन बाँकी रहेको तहसिल शाखाको तथ्याङमा उल्लेख रहेको सुचना अधिकारी तथा शाखा अधिकृत नारायणबहादुर थापाले जानकारी दिए । कैद तर्फै १८ प्रतिशत प्रगति हासिल भएको र जरिवाना तर्फ ४१.१ प्रतिशत प्रगति भएको जनाएका छन ।

त्यसैगरी कसुर पिडितलाई क्षतिपूर्ति भराउनेमा अदालतबाट फैसला भएको लगत १ करोड २८ लाख ९ हजार २५१ रुपैया मध्ये गत आर्थिक वर्ष २७ लाख ४४ हजार ९३० रुपैया क्षतिपूर्ति भराईएको थियो । जसको २१.४ प्रतिशत प्रगति भएको जनाएको छ । उदयपुर जिल्ला अदालतका सुचना अधिकारी थापाले फैसला भएका मुद्दामा जरिवाना तोकिएका व्यक्तिहरूबाट सो रकम एकै वर्षमा असुल गरिरहेको बताए ।

श्रेस्तेदार ज्ञानेन्द्र दाहालले गत आर्थिक वर्षमा अघिल्ला वर्षबाट सरी आएका ७६७ र नयाँ दर्ता एक हजार ७२० गरेर दुई हजार ४८७ मुद्दामध्ये एक हजार ६६७ मुद्दा फैसला गरिएको बताए । एक हजार ६२९ मुद्दा फस्र्याेट गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको तुलनामा मुद्धा फछर्योट १०२.३३ प्रतिशत बढी मुद्दा फस्र्याेट गरिएको माननीय न्यायाधीश मुकेश उपाध्यायले जानकारी दिए ।

१८ महिना नाघेका मुद्धा ६ वटा बाँकी रहेको र दुई वर्ष नाघेका मुद्धा शुन्य रहेको माननीय न्यायाधीश मुकेश उपाध्यायले जानकारी दिए । उदयपुर जिल्ला अदालतका न्यायाधीश उपाध्यायले गत आर्थिक वर्ष निर्बाचनले मुद्धा फछर्योटमा केही ढिलाई भएको जनाए । लक्ष्यको तुलनामा अदालतले १०२.३३ प्रतिशत प्रगति हासिल गर्दै उदयपुर जिल्ला अदालतले दुई वर्ष भन्दा पुराना मुद्दाको संख्या शून्यमा झारेको छ । अदालतको तहसिल शाखाले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२÷०८३ को तथ्यांक अनुसार दुई वर्ष नाघेका फैसला कार्यान्वयनका कुनै पनि मुद्दा बाँकी छैनन् ।

अघिल्लो आर्थिक वर्षमा पनि यस्तो संख्या शून्य नै रहेको थियो । यस वर्ष जिल्ला अदालत उदयपुरमा १८ महिना नाघेका फछ्यौट हुन बाँकी ६ थान मात्र रहेका छन् । अदालतका अनुसार गत आर्थिक वर्ष २०८२÷०८३ मा जिम्मेवारी सरी आएका ७६७ मा नयाँ दर्ता समेत गरी जम्मा दुई हजार ४८७ मा एक हजार ६२९ मुद्दा फछ्यौट भएको छ ।

जिल्ला न्यायधिस मुकेश उपाध्यायले लक्ष्यको तुलनामा अदालतले १०२.३३ प्रतिशत प्रगति हासिल गरेको बताए । उनका अनुसार पुराना मुद्दा समयमै टुंग्याउने नीति प्रभावकारी बन्दै गएको बताए । त्यसको परिणाम स्वरूप दुई वर्ष भन्दा पुराना कुनै पनि मुद्दा बाँकी छैन । अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा २ हजार ३६२ वटा मुद्दामा १ हजार ५९५ वटा फर्छयौट भएको थियो । जुन ६७.५२ प्रतिशत लक्ष्या हाँसिल गरेको थियो ।

उपाध्यायका अनुसार जिम्मेवारी सरी आएका समेत गरी फैसला कार्यन्वयनको निवेदन तर्फ फछ्यौट प्रगति ७२.०५ प्रतिशत रहेको छ । अदालतले कैद, जरिवाना र क्षतिपूर्ति असुली तर्फ फैसला कार्यान्वयनलाई निरन्तरता दिएको जनाएको छ । फरार प्रतिवादी, आर्थिक असुली र सम्बन्धित निकायसँगको समन्वयका कारण केही फैसला पूर्ण रूपमा कार्यान्वयन हुन समय लाग्ने गरेको अदालतको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबार दक्षिण गेटमा दुई युवतीमाथि प्रहरीको लछार–पछार