बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का छ दिनदेखि बेपत्ता छन् । २३ भदौको बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताए पनि अहिलेसम्म सम्पर्कविहीन छन् ।
जंगलबाट नफर्किएपछि परिवार, आफन्त र स्थानीयवासीले उनको खोजी सुरु गरेका छन् । डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सिमानामा पर्ने भएकाले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाइ भइरहेको परिवारले जनाएको छ ।
खड्का बेपत्ता भएको छ दिन बितिसक्दा पनि उनको अवस्था’bout कुनै जानकारी प्राप्त नभएपछि परिवार थप चिन्तित बनेको छ । सो क्षेत्रमा मोबाइल नेटवर्कसमेत नहुँदा खोजीकार्य र आपसी सम्पर्कमा समस्या भइरहेको उनका काका फिट्टु खड्काले बताए ।
परिवारले बेपत्ता खड्काको खोजीकार्यलाई तीव्र बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग आग्रह गरेको छ । खोजीमा आवश्यक जनशक्ति परिचालन गर्नुका साथै सम्भव भएसम्म प्रविधिको प्रयोग गर्न परिवारले अपिल गरेको छ ।
परिवारले खड्काको अवस्था’bout कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन स्थानीयवासी तथा सबै सरोकारवालासँग आग्रह गरेको छ ।
सम्बन्धित समाचार
शव समाधिस्थ: अभ्यास र कानुन छ, छैन नमूना अभिलेख प्रणाली
नारायणी अस्पतालबाट अपहरणमा परेका नवजात शिशुको उद्धार, अपहरणकारी महिला पक्राउ
भोटेकोशी भीषण बाढीमा बगेका केही शव भारतसम्म पुगेको पुष्टि
सम्भव छ जलवायु न्याय र क्षतिपूर्तिको कानुनी लडाइँ
त्रिशूलीमा बाढी आउँदा सशस्त्र र नेपाल प्रहरीले यसरी जोगाए ९२३ कैदीबन्दी
आधुनिकताका बीचमा नेपाली मौलिक ‘घुमाउने घर’ हराउँदै
कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा सीडीओका स्वकीय सचिवसहित दुई जनाको मृत्यु






