वीरगन्ज । न्यायालयमा माइकबाट सबैले सुन्ने गरी सेवाग्राहीको पालो आएको कुरा जनाऊ गर्ने चलन नयाँ होइन । तर सेवाग्राहीको अत्याधिक चाप रहेको पर्सामा उनीहरुले घण्टौं लाइनमा बस्नु पर्ने बाध्यता विस्थापित गर्दै सेवाग्राहीको पालो आएको, काम सकिएको कुरा कर्मचारीले आफ्नो टेबलमा रहेको माइकबाट जनाऊ गर्ने तरिका चाही नयाँ भेटिएको हो ।
नयाँ नागरिकता, राष्ट्रिय परिचय पत्र, नागरिकताको प्रतिलिपि तथा राहदानी बनाउन पर्साका १४ पालिकाका सेवाग्राही पुग्ने जिल्ला प्रशासन कार्यालय पर्सामा विगत जस्तो सेवाग्राहीलाई सकस नरहेको खुलेको छ । सेवाग्राहीले सेवा लिउँन्जेल घाम पानीबाट बच्ने र बस्ने सेडको समेत व्यवस्थाले वर्तमानका सेवाग्राहीले यहाँ भोग्दै आएको विगत अब केही हटेको छ ।
नयाँ नागरिकताको लागि सेवा दिने कर्मचारी सबैलाई एउटै कोठामा व्यवस्थापन गरेपछि अहिले पहिले जस्तो सेवाग्राहीले विभिन्न कोठा चाहार्नु पर्ने झन्झट समेत टरेको देखिन्छ । त्यसैगरी प्रतिलिपिको अलग्गै, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउने ठाउँ पनि अलगै व्लकमा एकै ठाउँमा कर्मचारी व्यवस्थापन भएपछि सेवा लिन सजिलो भएको त्यहाँ पुगेका सेवाग्राहीहरुले पनि बताए ।
पहिले विभिन्न कोठामा सेवाग्राही आफै घुम्नु पथ्र्यो । अहिले एक ठाउँमा कागजपत्र पेश भएपछि सोही कोठा भित्र कर्मचारीबाटै कागज घुम्छ । नागरिकता पनि तयारी भएपछि माइकबाट नाम बोलाएपछि नागरिकता पाइहालिन्छ । अनि राष्ट्रिय परिचय पत्रको फोटो पनि सोही ठाउँमा लगत्तै खिच्ने प्रवन्धले सेवाग्राहीको समय बचत र विगतको सकस पनि हटेको सेवाग्राहीको तर्क छ ।

एक ठाउँमा डकुमेन्ट बुझाएपछि सेवाग्राहीले बाहिर बनाइएको सेढका कुर्सीमा चुपचाप बसेर कर्मचारीले बोलाएपछि बाहिरबाटै समन्वय गरी आफ्नो काम सक्न सहज भएको छ । यसले सेवा प्रवाह छिटो छरितो भएको पनि पाइएको छ ।
सुधारको सुरुवात
चुस्त सेवा प्रवाहमा नयाँ सरकारको त्रासदीले नभई पर्सामा आठ÷नौ महिना अगाडी आएका प्रमख जिल्ला अधिकारी भोला दाहालको प्रशासनीक चतु¥याईले महत्वपूर्ण भूमिका खेलेको त्यहाँका कर्मचारीहरुको तर्क छ । पदको गरिमा बचाई कर्मचारीसँगको उचित समन्वय र सेवाग्राहीको हितलाई ध्यानमा राखी सेवा प्रवाहको तरिका अपनाउँदा जिल्ला प्रशासन कार्यालय पर्सामा पुग्ने सेवाग्राहीले केही फरक महसुस गर्न पाएको पनि कर्मचारीहरुको भनाइ छ ।
खास परिवर्तन
समग्र सेवा प्रवाहमा चुस्तता ल्याउन एकद्वार प्रणाली अपनाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । अरुले देख्दा पनि खचाखच लाइनमा बसेर सेवाग्राहीले सेवा लिने बाध्यकारी अवस्थालाई रुपान्तरण गरी ‘लाइन मुक्त’ सेवा प्रवाहलाई प्राथमिकता दिएको उनको भनाइ छ । अहिले राष्ट्रिय परिचय पत्र, नागरिकता प्रतिलिपि सबै टोकन सिस्टमबाट बनाउने व्यवस्था गरिएको छ । यसमा जस्को पालो पहिले आउँछ, उसको काम पहिले हुन्छ । अन्यथा पावर र पहुँचको कुरा भन्ने अहिले केही हुँदैन उनले भने । जिल्ला प्रशासन कार्यालय पर्सामा दैनिक ८० देखि १०० सम्म नयाँ नागरिकता बन्ने गरेको कार्यालयले जनाएको छ । प्रतिलिपि
अहिले जिल्ला प्रशासनले सेवाग्राहीको गुनासो तुरुन्त सुन्ने व्यवस्था गरेको छ । साथै सेढ तथा त्यहाँ कुशन सहितको बस्ने व्यवस्था मिलाइएको छ । त्यो पहिले थिएन । लाइन मुक्त सेवा प्रदान, खाने पानीको व्यवस्था, सोर्सफोर्स रहित कार्य सम्पादनलाई प्राथमिकता दिएको पनि जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पहिले महिनौं नबन्ने काम अहिले तुरुन्तै
कुनै काममा ढिलासुस्ती भए प्रमुख जिल्ला अधिकारी आफै कोठा–कोठामा अनुगमनमा पुग्ने गरेकोले त्यहाँका कर्मचारीमा सकृयता आएको सेवाग्राहीहरुले बताए । जेनजी आन्दोलनको बलमा निर्वाचित सरकार आउनु पूर्व पर्सामा आएका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, गणेश अर्याललगायतको फरक कार्यशैलीले सुधारोन्मुख देखिएको प्रशासन कार्यालयमा सो कार्यको निरन्तरता हुनुपर्ने सेवाग्राही मध्ये प्रदिप साहले तर्क गरे । एकै पटक सबै लाइनमा बस्नु नपर्ने नियमले जिल्ला प्रशासनको स्तरीय भवन जस्तै सेवा प्रवाहमा पनि स्तरीयता आएको नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खड्काको पनि भनाइ छ ।
जिल्लाका सबै सरकारी कार्यालयहरुलाई निगरानी राख्ने जिल्ला प्रशासन कार्यालय नै सधै आफ्नै कार्यालयको सेवा प्रवाहमा आलोचित हुन्थ्यो । बल्ल विगतको ट्याग बोक्न नपर्ने देखिदैछ । जिल्लामा शान्ति–सुरक्षाको प्रवन्ध गर्ने, विपत् व्यवस्थापनमा अग्रसरता देखाउने, अन्य सरकारी कार्यालयको सेवा प्रवाहमा निगरानी राख्ने र सेवाग्राहीलाई चुस्त सेवा प्रदान गर्न भूमिकामा निरन्तरता दिन सके मात्र सो कार्यालयको साख उच्च हुने बुद्धिजिबीहरुको पनि सुझाव छ ।
सम्बन्धित समाचार
पर्सामा झगडिया बढे
खान अयोग्य मिठाई विक्री गर्ने वीरगन्जका ३ पसल दण्डित
हर्कको कटाक्ष : सरकारकै जस्तो सबैको जीवन चिटिक्क हुँदैन
आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता
उच्च अदालतद्वारा एक बर्षमा ४ हजारभन्दा बढी मुद्दा फछ्र्योट
सुपर ओभरमा युएईसँग नेपाल पराजित, यु-१९ एसिया कपमा स्थान सुरक्षित
मकवानपुर प्रशासनद्वारा ‘ट्राभल एडभाइजरी’ जारी
लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै






