मायालुहरुका लागि आयो नयाँ मोबाइल एप

काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले ‘आइकनफेस’ नामक एक एप सञ्चालनमा ल्याएका छन् । लकडाउनले घरमै बसिरहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एप सञ्चालनमा ल्याएका हुन् ।

युवाहरुको संस्था असनेप आइटी सोलुसनले यो एपको विकास गरेको हो । सोलुसनका सिइओ विवेक क्षेत्रीका अनुसार यो एपमार्फत मानिसहरुले आफ्नो गोप्य कुराहरु सार्वजनिक गर्न सक्नेछन् । यसमा पोस्ट गर्ने मानिसहरुले आफ्नो नामलाई गोप्य राख्न सक्ने सुविधा छ । ‘यो एपमार्फत प्रयोगकर्ताले आफूलाई माया गर्ने पुरुष वा महिलालाई आफ्ना भावना प्रस्तुत गर्न सक्छन् । आफ्ना मनका कुरा एपमार्फत व्यक्त गरेर मन हलुका बनाउन सक्छन्,’विवेकले भने ‘यस्तो समयमा मानिसहरु डिप्रेसनमा परेका हुन्छन् । उनीहरुले यो एपमार्फत आफ्नो नाम लुकाएर सल्लाह सुझाव माग्न सक्छन् ।’

सोलुसनका प्रोजेक्ट मेनेजर शिखर थापाले लकडाउनमा समयमा घरमा नै बसिरहेका मानिसहरु लागि एप समय बिताउने माध्यम बन्न सक्ने बताए । उनले अहिले आफूहरुले यो एप सार्वजनिक गरे पनि भविष्यमा अझ राम्रा राम्रा एपमार्फत प्रयोगकर्तालाई सुविधा दिने खुलाए । प्रयोगकर्ताले प्लेस्टोरबाट यो एप्स प्रयोग गर्न सक्छन् । सोलुसनको नेपालमा पनि शाखा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम