चीन भ्रमणमा जाँदै रवि लामिछाने, मिति टुंगो लाग्न बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा उनी चीन भ्रमणमा जाने भएका हुन् ।

भ्रमणको सम्भावित मिति तय भए पनि औपचारिक रूपमा भने सार्वजनिक गरिएको छैन् । भ्रमण साउनमा हुने कि भदौमा भन्ने’bout अन्तिम टुंगो लाग्न बाँकी छ । दुवैतर्फको समन्वयमा मिति तय हुने बताइएको छ । भ्रमण सरकारी तहबाट भन्दा पार्टी तहबाट हुने रास्वपानिकट स्रोत बताउँछ ।

रास्वपा नेतृत्वको सरकार गठन भएपछि लामिछाने दोस्रो पटक विदेश भ्रमण जाँदैछन् । यसअघि लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणमा पाँच दिने भ्रमण पूरा गरी जेठ २२ गते स्वदेश फर्केका थिए ।

भारतबाट फर्के लगतै सभापति लामिछानेलाई चीन भ्रमणको निम्तो आएको बताइएको छ । भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

बालुवाटारतिर जाँदै गरेका बिनु र निहारिका नियन्त्रणमा