काठमाडौं । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट प्रहरीले ठुलो परिमाणमा रासायनिक डिएपी मल बरामद गरेको छ ।
वडा सदस्य साहले लुकाइछिपाइ डिएपी मल घरमा राखेको र रातिको समस्यामा महँगो मूल्यमा बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी ९०० बिघाबाट खटिएको टोलीले करिब ४०० बोरा डिएपी मल बरामद गरेको हो ।
वडा सदस्य साहको घरबाट बरामद भएको सो रासायनिक मलको स्रोत नभेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
नियन्त्रणमा लिइएको मल ट्याक्टरमा लोड गरेर इलाका प्रहरी कार्यालय धनुषाधाम ल्याउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । उनका अनुसार बरामद भएको मलको यकिन सङ्ख्या र त्यसको स्रोत’bout थप अनुसन्धान भइरहेको छ । वडा सदस्य साह फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ ।
सम्बन्धित समाचार
आर्थिक गतिविधि विस्तारमार्फत जिडिपी बढाउने मधेसको योजना
रौतहट प्रहरीको एक वर्षः ४४८ फरार प्रतिवादी पक्राउ
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
मधेसका अर्थमन्त्रीसहित सातजना विरुद्ध ३९ करोडको भ्रष्टाचार मुद्दा
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ






