काठमाडौं । संगीत रोयल्टी सङ्कलन समाज नेपालले स्रष्टाको अनुमति बिना कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत् गीत–संगीत प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । समाजले त्यस्ता कार्य तत्काल रोक्नसमेत आग्रह गरेको छ।
समाजका प्रमुख कार्यकारी अधिकृत सागर पाण्डेको हस्ताक्षरमा जारी विज्ञप्तिमा एआईको प्रयोगबाट गीत–संगीत सिर्जना तथा पुनःप्रयोग गर्ने क्रममा गीतकार, संगीतकार र सम्बन्धित अधिकारवालाको सहमति नलिई कृतिहरू प्रयोग भइरहेको उल्लेख गरिएको छ। यस्तो कार्यले स्रष्टाको बौद्धिक सम्पत्तिको अधिकार उल्लङ्घन गर्ने भएकाले अनुमति बिना कुनै पनि कृति प्रयोग नगर्न आग्रह गरिएको छ।
समाजले सबै गीतकार, संगीतकार तथा सम्बन्धित अधिकारवालालाई आफ्ना सिर्जनाको अधिकार सुरक्षित गर्न आवश्यक प्रक्रिया पूरा गर्न पनि अनुरोध गरेको छ। विज्ञप्तिअनुसार स्रष्टाले आफ्नो कृति दर्ता गरी लिखित अभिलेख अद्यावधिक राख्नुपर्ने र आवश्यक परे अनुमति बिना प्रयोग भएका सामग्री हटाउन वा रोयल्टी दाबी गर्न सक्नेछन्।
त्यस्तै, हालसम्म आफ्नो गीत वा संगीत क्याटलगमा दर्ता नगरेका तथा अन्तर्राष्ट्रिय पहिचान नम्बर (आईपिआई) नलिएका स्रष्टालाई यथाशीघ्र समाजसँग सम्पर्क गरी दर्ता प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
समाजले समयमै कृति दर्ता र अधिकार व्यवस्थापन गरेमा स्रष्टाको बौद्धिक सम्पत्तिको संरक्षण हुने तथा भविष्यमा उत्पन्न हुन सक्ने कानुनी विवादबाट जोगिन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार
गौथलीको अमेरिका राइटस बिक्री, साउन १ गते सिनेमा हलमा
अभिनेत्री निरौलालाई ब्रेन ट्यूमर, अन्नपूर्ण न्यूरोमा शल्यक्रिया
दिशालाई हलिउडमा काम गर्दा फरक सिकाइको अनुभव
‘माइकल’ले बनायो सबैभन्दा बढी कमाउने बायोपिकको रेकर्ड
‘जुरासिक पार्क’का अभिनेता साम नीलको निधन
अभिनेत्री काजल कर्णले दिइन चलचित्र कलाकार संघमा उजुरी
सप्तरीमा पहिलो पटक लिटिल स्टार्स (बाल सौन्दर्य) शो हुने
सुगम सङ्गीतका अमर गायक अरूण थापाको स्मरण





