‘जुरासिक पार्क’का अभिनेता साम नीलको निधन

न्युयोर्क । विश्व चर्चित श्रृंखलाबद्ध चलचित्र ‘जुरासिक पार्क’का अभिनेता साम नीलको सोमबार निधन भएको छ । उनको ७८ वर्षको उमेरमा निधन भएको उनका परिवारले एक विज्ञप्ति मार्फत जनाएका छन् । सामाजिक सञ्जालमा यो दुःखद समाचार जारी गर्नु परेकोमा आफूहरू साह्रै दुखी भएको उनका परिवारले जनाएका छन् । तथापि उनी रक्त क्यान्सरबाट पीडित रहेर पनि उनले क्यान्सर जितेका थिए । उनी हलिउडसँगै अस्ट्रेलियाका चलचित्रका समेत लोकप्रिय अभिनेता थिए ।

अस्ट्रेलियाको सिड्नीमा आफ्ना प्रियजनहरूसँग रेको उनको अकस्मात् मृत्यु भएको परिवारले जनाएका छन् । मृत्युको कारण उनीहरूले खुलासा गरेका छैनन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि सामको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् । ‘जुरासिक पार्क’का शृंखलाहरूमा डा. एलन ग्रान्टको भूमिका निर्वाह गर्दै आएका अभिनेता साम नील न्यूजील्याण्ड मुलका कलाकार थिए । नीलले २०२३ मा आफूलाई तेस्रो चरणको रक्त क्यान्सरको एक दुर्लभ रूप ‘एन्जियोइम्युनोब्लास्टिक टी–सेल लिम्फोमा’ भएको जनाएका थिए । सन २०२२ मा आफूलाई यो समस्या भएको उनले जनाएका थिए । उपचार पछि आफू रक्त क्यान्सर मुक्त भएको पनि उनले बताएका थिए । उनको परिवारले पनि उनको मृत्यु क्यान्सरबाट नभएको दाबी गरेका छन् ।

अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजले यी अभिनेतालाई श्रद्धाञ्जली अर्पण गर्दै विज्ञप्तिमा लेखेका छन्,‘साम नीलले धेरै लोकप्रिय अस्ट्रेलियाली चलचित्रहरूमा अभिनय गरेका र अस्ट्रेलियालीहरूको हृदयमा विशेष स्थान राखेका हलिउडका लोकप्रिय कलाकार थिए । रमाइलो र गम्भीर, विचारशील व्यक्ति सामले आफ्नो रोगको सामना गरेर क्यान्सरलाई पनि जितेका थिए । उनलाई हामी सधैँ सम्झी रहने छौँ, उनको आत्माले शान्ति पाओस् । परिवारमा गहिरो समवेदना ।’

उनको मृत्यु अचानक र अप्रत्याशित भएको चिकित्सकहरूको कथन छ । परिवारले सेन्ट भिन्सेन्ट निजी अस्पतालका चिकित्सा र कर्मचारीहरूलाई विगतमा उनको हेरचाहको लागि धन्यवाद दिएका छन् ।
साम नीलको निधन प्रति विश्वभरबाट उनका शुभचिन्तकले दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । अभिनेता सामको अन्त्यष्टी’bout चाँडै जानकारी गराउने पनि परिवारले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा