‘माइकल’ले बनायो सबैभन्दा बढी कमाउने बायोपिकको रेकर्ड

लस एन्जलस । विश्व चर्चित पप सुपरस्टार माइकल ज्याक्सनको जीवनीमा आधारित चलचित्र ‘माइकल’ सबैभन्दा बढी कमाई गर्ने हलिउडको बायोपिक चलचित्र सावित भएको छ । रिलिज भएको तीन महिना भन्दा लामो समय यो चलचित्र विभिन्न देशमा प्रदर्शन भइरहेको छ । चलचित्र ‘माइकल’ गत २४ अप्रिल मा रिलिज भएको थियो । यसले बक्स अफिसमा दर्शकको असाधारण रूपमा माया पायो । माइकलका फ्यानहरूले यो चलचित्र पटक पटक चलचित्र घरमा पुगेर हेरे । जसका कारण चलचित्र व्यावसायिक रूपमा नयाँ कोसेढंगा सावित भएको छ ।

हलिउड चलचित्र व्यवसाय रिपोर्ट अनुसार चलचित्र ‘माइकल’ले विदेशमा मात्र ४६२९.८ मिलियन अमेरिकी डलरको व्यापार गरेको छ । यो चलचित्रले अमेरिकाको घरेलु बक्स अफिसमा समेत ४३७१.८ मिलियन अमेरिकी डलरको व्यापार गर्न सफल भएको छ । यो चलचित्रको कुल कमाई ४१.००१ बिलियन अमेरिकी डलर भएको छ । यसरी चलचित्र ‘माइकल’ले विश्वव्यापी रूपमा १ अर्ब भन्दा बढी अमेरिकी डलरको कमाई गर्दै हलिउड बायोपिक चलचित्रमा सबैभन्दा बढी कमाउने चलचित्रको रेकर्ड बनाएको छ ।

यसले २०१८मा बायोपिक चलचित्र ‘बोहेमियन ¥याप्सोडी’ले ४९११ मिलियन अमेरिकी डलरको व्यापार गरेको थियो । सो चलचित्रको रेकर्ड पनि यति बेला तोडिएको छ । यो लायन्सगेट स्टुडियोको अहिलेसम्मकै सबैभन्दा धेरै व्यापार गर्ने चलचित्र बन्न सफल भएको छ ।

२४ अप्रिलमा रिलिज भएबाटै यो चलचित्रले रेकर्ड तोड्दै आएको थियो ।सुरुवाती सप्ताहन्तमा यसले अमेरिकामा ४९७ मिलियन र विश्वव्यापी रूपमा ४२१७ मिलियन कमाएको थियो । यससँगै यसले २०१५ को चलचित्र ‘स्ट्रेट आउटटा कम्प्टन’ को रेकर्ड पनि तोडेको थियो ।

यो चलचित्रमा जाफर ज्याक्सनका साथै माइल्स टेलर, कोलम्यान डोमिङ्गो, क्याट ग्राहम, निया लङ, लौरा ह्यारियर, केन्ड्रिक स्याम्पसन, जुलियानो क्रुज–वाल्डीलगायतको मुख्य भूमिका थियो । चलचित्र विश्वव्यापी रूपमा एकसाथ रिलिज भएको थियो ।

यो चलचित्रमा पप सुपरस्टार माइकल ज्याक्सनको सुरुवाती दिनदेखि अन्तिम दिनसम्मको जीवन यात्रा देखाइएको छ । यसमा माइकल ज्याक्सनको संघर्ष, त्यसपछि उनको सफलता र स्टार बन्ने यात्राका आरोह अवरोहलाई निकै रोचक रूपमा प्रस्तुत गरिएको छ । यो चलचित्रलाई एन्टोइन फुकुवाले निर्देशन गरेका हुन् ।

चलचित्र निर्माण गर्दा आफूले लामो समयदेखि माइकल ज्याक्सनको जीवनलाई अध्ययन गरेर बुझेको र उनको जीवनका रोचक तथा कथानक भागहरूलाई चलचित्रमा आफूले समेटेको निर्देशक फुकुवाले बताएका छन् । आफ्नो चलचित्रले म्युजिकल बायोपिक चलचित्रमा बनाएको विश्वकै सर्वाधिक कमाउने चलचित्रको रेकर्ड प्रति उनले माइकलका प्रशंसक तथा सम्पूर्ण दर्शकलाई धन्यवाद ज्ञापन गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा