भक्ति सङ्गीतको १६औँ शृङ्खला सम्पन्न

बागमती । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुवनेश्वर पशुपति मन्दिरमा पिएम सेन्टर सङ्गीत विभागले हरेक शनिबार गर्दै आएको भक्ति सङ्गीत (भजनकीर्तन एवं सत्सङ्ग) कार्यक्रमको १६औँ संस्करण शनिबार सम्पन्न भएको छ ।

भक्ति सङ्गीतका माध्यमबाट समाजमा आध्यात्मिक जागरण अभिवृद्धिसँगै समाजिक सद्भावसमेत अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक शनिबार अपराह्न ख्यातिप्राप्त कलाकारका साथमा भक्ति सङ्गीत कार्यक्रम सञ्चालन गर्दै आएको सङ्गीत विभागका महासचिव एवं कार्यक्रम संयोजक गहन खतिवडाले जानकारी दिए ।

भक्ति सङ्गीतका माध्यमबाट धार्मिक तीर्थस्थलहरूमा दर्शनार्थीको आकर्षण बढाउनेसमेत लक्ष्य राखिएको बताउँदै उनले भक्ति सङ्गीतको आवश्यकता महसुस गरिएका धार्मिकस्थलहरूमा यस कार्यक्रमलाई क्रमशः बढाउँदै लैजाने सोच रहेको बताए । कार्यक्रममा भक्ति सङ्गीतका क्षेत्रमा लामो समयदेखि लागिरहेका २३ कलाकारहरू नियमित रूपमा जोडिएका विभागका अध्यक्ष वरिष्ठ सङ्गीतकार प्रमेन्द्र महर्जनले जानकारी दिए । उनका अनुसार शनिबारको शृङ्खलामा प्रह्लाद चौलागाईँ, श्रीदेश चौवे, सीता लामा, अभिमन्यु शर्मा, देवेन्द्र कलबार, गौरी उप्रेतीलगायतका सङ्गीतकर्मीको उपस्थिति थियो ।

कार्यक्रमकै अवसरमा भक्ति सङ्गीतका क्षेत्रमा विभिन्न किसिमको सहयोग गरेको भन्दै ९२ वर्षीय रामचन्द्र तिमिल्सिनासहित लीलानाथ अमागाईँ, सीता त्रिपाठी, होमनाथ भण्डारी, लव शाह, घनश्याम ढकाललगायतलाई संस्थाका तर्फबाट सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

अनसनरत डा. केसीसँग आजवाट औपचारिक रूपमा सरकारले बार्ता गर्ने