हेटौँडा । बागमती प्रदेश सरकारले बागमती प्रदेशका १३ वटै जिल्लाको उद्योग प्रशासन सेवा डिजिटल प्रणाली ९अनलाइन सेवा० मा सञ्चालन गर्ने तयारी गरेको छ ।
उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग प्रशासनमा ९उद्योग दर्ता, नवीकरण, नामसारी लगायतका सेवा० अनलाइन प्रणालीमार्फत सेवा सुरु गरेको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ मा प्रदेशका १३ वटै जिल्लाहरूमा उद्योग प्रशासन सेवा अनलाइन मार्फत सञ्चालन गर्ने तयारी गरेको मन्त्रालयका प्रवक्ता कुमार तामाङले जानकारी दिए ।
प्रदेश अन्तर्गत चितवन, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीका उद्योग तथा वाणिज्य कार्यालयहरूलाई नमूना कार्यालय घोषणा गरिसकेको मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ मा १३ वटै कार्यालयलाई नमूना कार्यालय बनाउने लक्ष्य सहित बजेट विनियोजन गरिएको जनाएको छ ।
मन्त्रालयले नमूना कार्यालय व्यवस्थापन मापदण्ड समेत तयार गरिसकेको छ । प्रदेशमा आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म मन्त्रालय मातहत करिब चार हजार ९५६ उद्योग र दुई हजार ५५० वाणिज्य फर्म दर्ता भएका छन् । बजारमा कालोबजारी तथा कृतिम अभाव नियन्त्रणका लागि नियमित र आकस्मिक बजार अनुगमनलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड
चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
पहिराले मेची राजमार्ग अवरुद्ध
के हात्तीले वर्षौँसम्म रिस राख्छ ?
अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
खोटाङको जेलमा खाना खाएर सुतेका कैदीको मृत्यु
कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन






