कर्णालीमा मंगलबहादुर शाही बन्दैछन् मुख्यमन्त्री

सुर्खेत । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच शनिबार भएको प्रदेश सरकार भागबण्डाअन्तर्गत कर्णाली प्रदेशमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले दलको नेता हुँदाहुँदै अरु व्यक्तिका ’boutमा छलफल गर्न आवश्यक नहुने बताए । त्यहाँ माधवकुमार नेपाल नेतृत्वको साविक नेकपा एसका तर्फबाट प्रदेशसभा सदस्य कल्याणी खड्काले मुख्यमन्त्री दावी गर्नसक्ने सम्भावना न्यून रहेको ज्वालाले बताए । मुख्यमन्त्री चयनका लागि आइतबार सुर्खेतमा बैठक बोलाइएको जानकारी उनले दिए ।

शाही मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने खड्का रुकुम पश्चिमकी हुन् । तर, साबिक नेकपा एसले तत्काल कुनै पनि प्रदेशमा मुख्यमन्त्री दावी नगरेको ज्वालाको भनाइ छ । ‘सहमतिमा कोही साथीको प्रस्ताव आएमा छलफल गर्न सकिन्छ, तर त्यस्तो तयारी छैन,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

epaper

ताजा समाचार

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मृत्यु