झापा । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा भएपछि यस वर्ष रोपाइँले अपेक्षाकृत गति लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार सोमबारसम्म जिल्लाभर करिब ८८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो । उनका अनुसार दमक नगरपालिका र कमल गाउँपालिकामा सबैभन्दा बढी ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने गौरीगञ्ज गाउँपालिकामा सबैभन्दा कम ७५ प्रतिशत रोपाइँ भएको छ ।
जिल्लामा सामान्यतया असारको पहिलो सातादेखि धान रोपाइँ सुरु भई साउनको अन्तिमसम्म जारी रहने गर्छ । असार १५ देखि साउन १५ गतेसम्मको अवधिलाई मुख्य रोपाइँको समय मानिन्छ ।
यस वर्ष मनसुन समय–समयमा सक्रिय रहँदा किसानले रोपाइँ गर्न सहज वातावरण पाएका छन् । जिल्लामा करिब ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।
सम्बन्धित समाचार
पर्यटकको रोजाइमा त्रिवेणी पाटन
टीकापुर उद्यानमा पर्यटकको आकर्षण
पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त
कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण
आर्थिक समृद्धिको नयाँ आधार बन्दै वन
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
कृषि विश्वविद्यालयद्वारा किसानलाई तालिम
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए






