सुर्खेत । कर्णाली प्रदेशमा मंगलबहादुर शाहीले मुख्यमन्त्रीको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेकपा प्रदेश संसदीय दलका नेता शाही एमालेको समर्थनमा हिजो मुख्यमन्त्री नियुक्त भएका थिए । ४० सदस्यीय कर्णाली सभामा एमालेका ९ (सभामुखबाहेक) जना र नेकपाका १४ गरी २३ सांसदको शाहीलाई समर्थन छ ।
शाहीले यसअघि भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । केन्द्रमा नेकपा र एमालेबीचको ३ बुँदे सहमतिसँगै ७ प्रदेशमध्ये कर्णालीबाट सत्ता फेरबदर सुरू भएको छ ।
यसअघि एमालेबाट मुख्यमन्त्री रहेका यामलाल कँडेलले ओली प्रचण्डबीचको सम्झौताको संघारमा राजजीनामा दिएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)
सम्बन्धित समाचार
कर्णाली सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीले दिए सामुहिक राजिनामा
कर्णालीको मुख्यमन्त्रीमा नेकपा नेता शाहीको दाबी पेस
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल
बानियाँ नेतृत्वको बागमती सरकार अल्पमतमा
नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने
कप्तानगन्ज घटनाः सीडीओ र सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो
सुनसरी घटनामा प्रधानमन्त्रीको प्रतिबद्धता : दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति






