प्रदेश २ मा थपिए ५४ कोरोना संक्रमित

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा ५४ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
संक्रमित मध्ये ४९ जना पुरुष र ५ जना महिला रहेका छन् । यो सँगै यस प्रदेशमा संक्रमितको संख्या १ हजार ३ सय ७७ पुगेको छ ।

आज संक्रमण पुष्टि भएकाहरु मध्ये सप्तरी जिल्लाका १३ जना,महोत्तरी जिल्लाका १९ जना,धनुषा जिल्लाका २१ जना र सर्लाही जिल्लाका १ जना व्यक्ति रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन् । धनुषा जिल्लामा मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ११ जना र जनकनन्दी गाउँपालिकाको क्वारेन्टाईनमा रहेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका संक्रमित मध्ये २० जना पुरुष र १ जना महिला रहेका छन् । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको क्वारेन्टाईनमा रहेका १५ जना,एकडारा गाँउपालिकाको क्वारेन्टाईनमा रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरी जिल्लामा संक्रमति मध्ये १८ जना पुरुष र १ जना महिला रहेका छन् ।

यसैगरी सप्तरी जिल्लाको राजविराज नगरपालिकामा सञ्चालित क्वारेन्टाईनमा रहेका ७ जना, छिन्नमस्ता गाँउपालिकाको क्वारेन्टाईनमा रहेका ४ जना र कञ्चनपुर नगरपालिकाको क्वारेन्टाईनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सप्तरी जिल्लामा संक्रमित मध्ये ३ जना महिला र १० जना पुरुष रहेका छन् ।

त्यसैगरी सर्लाही जिल्लाको कौडेना गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ३० बर्षिय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस प्रदेशमा मंगलबारसम्म २८ हजार ५ सय ३१ जना व्यक्तिको थ्रोट स्वाब परिक्षण गरिएकोमा १ हजार ३ सय ७७ जना संक्रमित भएका छन् भने १२ हजार ६ सय ९ जनाको नेगेटिभ नतिजा आएको छ । त्यस्तै १४ हजार ५ सय ४५ जनाको नतिजा आउन बाँकी रहेको छ ।

आरडिटी तर्फ अहिलेसम्म ११ हजार ५ सय १९ जनाको परीक्षण गरिएकोमा ५ सय १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ११ हजार १ जनाको रिपोर्ट नेगेटिभ आएको सचिव घिमिरेले बताए ।

प्रदेशमा संक्रमित १ हजार ३ सय ७७ मध्ये सबैभन्दा बढि रौतहटका ४ सय ८ जना रहेका छन् । त्यस्तै ३ सय ७१ जना सर्लाहीका,१ सय २२ जना पर्साका,१ सय २३ जना महोत्तरीका,१ सय २२ जना धनुषाका,१ सय ५ जना सप्तरीका,७७ जना बाराका र ४९ जना सिरहाका व्यक्तिहरु छन् ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ५ सय २९ बेड क्षमताको ४ सय २५ वटा क्वारेन्टाइनमा अहिले २० हजार १ सय ३७ जनालाई राखिएको छ भने ६ हजार ९ सय ९६ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ ।

प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ४ सय ११ बेड क्षमताको आईसोलेशनमा ८ सय ४९ जना बिरामीलाई भर्ना गरिएको सचिव घिमिरेले घिमिरेले जानकारी दिए । प्रदेश नम्बर २ मा अहिलेसम्म २ सय ६३ जना व्यक्तिहरु उपचार पश्चात निको भएर आ–आफ्नो घर फर्किसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका