सिरहाको लहान बजारमा पनि तनाव उत्पन्न,कर्फ्यु लगाउने तयारी

काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनालाई लिएर सिरहाको लहान बजारमा पनि तनाव उत्पन्न भएको छ।

बिहीबार दिउँसो कप्तानगन्ज घटनालाई लिएर लहानमा प्रदर्शन भएको हो। प्रदर्शनका क्रममा झडप हुने स्थिति आएपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन्।

स्थिति नियन्त्रणमा लिन केही राउन हवाई फायर गरिएको जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।

लहान बजार क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। लहान बजार क्षेत्रमा पनि कर्फ्यु लगाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए ।

यसअघि सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो। बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर युवकको मृत्यु