रास्वपाका सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने

उच्चस्तरीय संवाद समितिद्वारा रास्वपासँग छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय सांसदका स्वकीय सचिव नियुक्तिमा नयाँ मापदण्ड लागू गरेको छ । पार्टी महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको निर्देशनअनुसार अब सांसदहरूले आफ्ना एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पाउने छैनन्।

रास्वपाले नातावाद र परिवारवाद अन्त्य गर्दै पारदर्शिता कायम गर्न खुला प्रतिस्पर्धाबाट स्वकीय सचिव छनोट गर्न निर्देशन दिएको हो। उम्मेदवार छनोटका लागि सार्वजनिक सूचना जारी गर्नुपर्ने र स्नातक तह उत्तीर्ण, प्रविधिमैत्री क्षमता तथा अनुसन्धान कौशल भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ ।

निर्देशनमा स्वकीय सचिवको पारिश्रमिकमा कुनै कटौती वा अनियमितता गर्न नपाइने उल्लेख छ । नियुक्त सचिवको विवरण र प्रमाणपत्र पार्टी कार्यालयमा दर्ता गराउनुपर्ने तथा नियमविपरीत नियुक्ति भएमा अनुशासनात्मक कारबाही गरिने रास्वपाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, आज कतिमा भइराखेको छ कारोबार ?