काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साढे चार करोड रुपैयाँभन्दा बढी ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ९ गौशालाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ तेज विनायक बस्ने ३४ वर्षीय सन्तोष प्रधान रहेका छन् ।
उनीविरुद्ध १३ माघ २०८२ मा ललितपुर जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा २ दिन कैद र १० लाख रुपैयाँ बिगोको पाँच प्रतिशतले हुने ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसलापछि उनी फरार रहेका थिए । पक्राउ परेका प्रधानलाई फैसला कार्यान्वयनका लागि हिजो शुक्रबार ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
प्रधानविरुद्ध विभिन्न प्रहरी कार्यालयमा गरी कुल ४ करोड ५२ लाख ८४ हजार ९३६ रुपैयाँबराबरको बिगो रकमका अन्य बैंकिङ कसुर मुद्दाहरू पनि दर्ता रहेको खुलेको छ ।
उनीविरुद्ध काठमाडौंको प्रहरी वृत्त जनसेवामा १ करोड २५ लाख ४२ हजार ९३६ रुपैयाँ र २ लाख ९४ लाख ४२ हजार रुपैयाँबराबरको बैंकिङ कसुर तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी मुद्दाहरू दर्ता रहेका छन् । यसैगरी, जिल्ला प्रहरी परिसर ललितपुरमा १० लाख, प्रहरी वृत्त बौद्ध काठमाडौंमा ९ लाख, प्रहरी वृत्त नयाँ बानेश्वरमा ५ लाख र जिल्ला प्रहरी परिसर भक्तपुरमा ९ लाख रुपैयाँबराबरको बैंकिङ कसुर तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी मुद्दाहरू दर्ता रहेका छन् ।
सम्बन्धित समाचार
आशा हराउँदै गएको घरमा मानवताको उज्यालो !
पूर्वएसएसपी साह नै ठगीमा परेपछि…
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
आश्रयविहीनहरूको सहारा बन्दै मानवसेवा आश्रम
आज खिर खाएर १५ साउन मनाइँदै, यसकारण खाइन्छ खिर
जग्गा बकसपत्र गराउँदा पनि लिइन्छ घुस, अख्तियारद्वारा तीन नासुसहित पाँच जना पक्राउ
सामाजिक सञ्जालमा चर्चित फिफा विश्वकपका ५ खेलाडी
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि






