धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका एक युवकको मृत्यु भएको छ ।
आज शनिबार बिहान साढे ९ बजेतिर महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय क्याम्पसको तीन तले भवनको छतबाट हाम फालेका वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीको मृत्यु भएको हो । धनगढीको माया मेट्रो अस्पतालमा दिउँसो १२ बजेतिर उपचारका क्रममा कार्कीको मृत्यु भएको हो ।
कार्कीले बीएचएमको प्रवेश परीक्षा दिन गएका बेला छतबाट हाम फालेको प्रहरीले जनाएको छ । उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पु¥याइएको भएपनि महाकालीबाट धनगढी रेफर गरिएको थियो । धनगढीमा उपचारकै क्रममा उनको मृत्युु भएको हो ।
कार्कीलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको जनाइएको छ । उनले औषधिसमेत सेवन गर्ने गरेको प्रहरीले जनाएको छ । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)
सम्बन्धित समाचार
बौद्धमा महिलाद्वारा आत्मदमाह प्रयास, कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार जारी
घरायसी विवादपछि बन्जिसाइड भिरबाट हाम फाले युवक, सशस्त्र प्रहरीद्वारा १३० मिटर तलबाट शव निकालियो
विद्युत् प्रसारण लाइनको तार छोएर दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति
स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना
यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना
झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र
सुनसरीमा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु






