ब्रोड पिक हिमाल आरोहणमा गएका पुर्जासहित सबै १० जना आरोहीको निधन


काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका नेपालका विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्स दाइ’ पुर्जासहित सबै दसै जना आरोहीको निधन भएको छ ।

पुर्जा संस्थापक रहेको एलिट एक्सपेडले उनीसहित दसै जना आरोहीको दुःखद निधन भएको पुष्टि गरेको हो ।

बिहीबार बिहान करिब ६ हजार ७०० मिटर उचाइमा पुगेपछि खसेको हिमपहिरोमा परी उनीहरू सबै बेपत्ता भएका थिए ।

हिमपहिरोमा परी पुर्जासहित ६ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने ६ नेपालीमा पुर्जासहित पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन् ।

आरोहण दलका १० मध्ये अन्य ४ जना विदेशी थिए ।

काराकोरम हिमशृंखलामा अवस्थित विश्वकै खतरनाक मानिने के–२ केही दूरीमा ब्रोड पिक छ । यो हिमाल पनि के–२ जत्तिकै खतरनाक मानिन्छ ।

समुद्र सतहबाट ८ हजार ५१ मिटर उचाइमा रहेको यो हिमाल विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरूमध्ये १२ औं स्थानमा पर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

epaper

ताजा समाचार

मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकाललाई