पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध

फाइल तस्बिर

काठमाडौं । पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध भएको छ। वर्षासँगै ललितपुरको बागमती गाउँपालिका-३ टाकुचेमा पहिरो जाँदा कान्तिलोकपथ सडक खण्ड मंगलबार बिहानबाट पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

कान्तिलोकपथ काठमाडौं -हेटौँडा आवतजावत गर्ने सबैभन्दा छोटो दुरीको सडक हो। यो सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकाबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौं तर्फ आउँदै गरेका सवारी साधन बिच बाटोमै रोकिएका छन्।

त्यसैगरी बाढीपहिरोले आज इलाममा मेची राजमार्ग, भोजपुरमा मध्यपहाडी राजमार्ग, खोटाङमा मध्यपहाडी राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, बागलुङमा कालीगण्डकी करिडोर र दार्चुलामा महाकाली राजमार्ग पनि अवरुद्ध भएका छन्।

कतिपय राजमार्गमा पहिरो खस्दा एकतर्फी भएका छन्। प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको जनाएको छ।

यात्रा अघि सम्बन्धित निकायको पछिल्लो सडक अवस्था’bout जानकारी लिएर मात्रै यात्रा गर्न पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर