प्रदेश सरकारमा सहभागिताका विषयमा आवश्यक निर्णय लिने जिम्मा लिङ्देनलाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारमा सहभागिताका विषयमा आवश्यक निर्णय लिने जिम्मा अध्यक्षलाई दिएको छ।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार गठन र समीकरणमा भइरहेका गतिविधिहरूलाई नजिकबाट नियाल्दै उपयुक्त समयमा उचित निर्णय लिने नीति लिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

बैठकका निर्णयहरू’bout जानकारी दिँदै लिङ्देनले राप्रपा हालसम्म प्रदेश सरकार निर्माणका सत्ताकेन्द्रित गतिविधिमा सामेल नरहेको स्पष्ट पारे। उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको सत्ता समीकरणमा पार्टीको तत्कालै कुनै संलग्नता नभए पनि परिस्थिति फेरबदल भएमा पार्टीले आफ्नो भूमिका तय गर्ने बताए।

विशेष परिस्थिति सिर्जना भई निर्णय नै गर्नुपर्ने अवस्था आएमा त्यसको सम्पूर्ण अख्तियारी अध्यक्षलाई सुम्पिने निर्णय बैठकले गरेको उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

epaper

ताजा समाचार

लालबकैया नदीमा डुबेकी महिलालाई इन्स्पेक्टर केसीले जोखिम मोलेर बचाए