ग्वार्कोस्थित फ्लाइओभरमा बस ठोक्किँदा मृत्यु भएकी महिलाको पहिचान

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा आज बिहीबार बिहान बस ठोक्किँदा मृत्यु भएकी महिलाको पहिचान भएको छ ।

प्रहरीका अनुसार मृतक दोलखाको शैलुङकी ४० वर्षीया जेनिसा लामा हुन् ।

दुर्घटनामा घाइते भएका १९ जनाको उपचार भइरहेको छ ।

कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको यात्रुवाहक बस बिहीबार बिहान करिब साढे १० बजेतिर फ्लाइओभरको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो ।

तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक छ ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

epaper

ताजा समाचार

न्यायको पर्खाइमा महिला अधिकारकर्मी