काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा आज बिहीबार बिहान बस ठोक्किँदा मृत्यु भएकी महिलाको पहिचान भएको छ ।
प्रहरीका अनुसार मृतक दोलखाको शैलुङकी ४० वर्षीया जेनिसा लामा हुन् ।
दुर्घटनामा घाइते भएका १९ जनाको उपचार भइरहेको छ ।
कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको यात्रुवाहक बस बिहीबार बिहान करिब साढे १० बजेतिर फ्लाइओभरको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो ।
तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक छ ।
तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)






