राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो : धवलशमशेर

काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले आफूहरूले गठन गरेको नयाँ राजनीतिक दलले हिन्दु अधिराज्य, संवैधानिक राजसंस्थाको पुन:स्थापना र लोकतान्त्रिक प्रणालीलाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने बताएका छन् ।

काठमाडौँमा बिहीवार नवगठित जय नेपाल पार्टीको ’boutमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले आफूहरूको पार्टीले सक्रिय राजसंस्थाको परिकल्पना नगरेको पनि स्पष्ट पारे ।

राजनीतिक हस्तक्षेप गर्ने राजसंस्था नभई अभिभावकीय, राष्ट्रिय एकता र राष्ट्र रक्षकको भूमिकामा रहने संवैधानिक राजसंस्थाको पुन:स्थापना गर्न चाहेको उनको भनाई छ । राणाले नेपालबाट हिन्दु राष्ट्रको व्यवस्था हटाउनु गलत निर्णय भएको दाबी गर्दै त्यसलाई शान्तिपूर्ण रूपमा सडक र संसदीय दुवै माध्यमबाट पुन:स्थापना गर्ने बताए ।

उनले राप्रपाबाट पार नलागेपछि राजसंस्था र हिन्दुराज्यको लागि आफूहरू नयाँ राजनीतिक यात्रामा निस्किएको बताए । उनले राप्रपाले ३७ वर्ष राजाको नाममा जनमत संकलन गरेपनि जनताले अवसर दिँदा आफ्ना मूल एजेण्डालाई कार्यान्वयन गर्न नसकेको दाबी गरे । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन ग-यो । जब जब जनताले ठाउँमा पुर्याए, आफ्नो एजेण्डालाई अगाडि सारेन । नेताहरुको व्यक्तिगत स्वार्थमा एजेण्डाको तिलाञ्जली दिए’ उनले भने ।

पार्टी नेतृत्वले व्यक्तिगत स्वार्थका कारण एजेण्डालाई तिलाञ्जली दिएको उनको आरोप छ । अध्यक्ष राणाले राप्रपाको गतिविधिप्रति असन्तुष्टि जनाएर नै विगतको निर्वाचनमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भएको उनले बताए ।

‘राप्रपाबाट अब यो काम हुदैन, बिगतको निर्वाचनमा राप्रपाका ९७ प्रतिशत नेताहरुको जनताले जमानत जफत गरिदिए, अब एजेण्डै बिग्रिने भयो, सिदिने भयो र एउटा नरेटिभ के बन्न थाल्यो भने ९७ प्रतिशत जनताले राजा हिन्दु राष्ट्र बोकेको पार्टीलाई जमानत जफत ग¥यो, यो एजेण्डै सिद्दियो भन्ने जुन नरेटिभ बन्न गयो, त्यो एजेण्डालाई रेस्क्यु गर्नको लागी पनि हामि बाहिर निस्किएको हो’ उनले भने ।

राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डाप्रति जनताको वितृष्णा नभएपनि राप्रपाको गतिविधिप्रति जनताको असन्तुष्टि चुनावमा प्रकट भएको उनको दाबी छ । उनले निर्वाचन परिणामपछि राजा र हिन्दु राष्ट्रको एजेण्डा समाप्त भयो भन्ने भाष्य निर्माण हुन थालेकाले त्यसलाई जोगाउन जय नेपाल पार्टी स्थापना गरिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

कैलालीमा फायरिङ अभ्यासका क्रममा ह्याण्ड ग्रिनेड विस्फोट, दुई सैनिक घाइते