लोपोन्मुख राउटे समुदायकी एक महिलाको मृत्यु

सुर्खेत । लोपोन्मुख राउटे समुदायकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीया फलाटो शाही रहेकी छिन् ।

उनी राउटे समुदायका मुखीया मध्येका एक प्रकाश शाहीकी आमा हुन् । राउटे परियोजनाका कर्मचारी लालबहादुर खत्रीका अनुसार, उनी दीर्घरोगका बिरामी थिइन् । ‘औषधी सेवन गरिरहेकी थिइन्,’ खत्रीले भने, ‘अहिले साउने सङ्क्रान्तिको अवसरमा अत्यधिक मदिरा सेवन पनि भएकाले बिहान २ बजेतिर मृत्यु भयो ।’

फलाटो शाहीको मृत्युपछि अब राउटे समुदायको कुल जनसङ्ख्या १३२ मा झरेको छ । गत वर्ष साउन महिनामा उनीहरूको जनसङ्ख्या १३५ थियो । हाल राउटे पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–९, खानीखोलामा बस्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

काँग्रेस विशेष महाधिवेशन विवादमा सर्वोच्चबाट पुनः सुरुदेखि सुनुवाइ हुने