काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज आइतबारबाट सुरु भएको छ । आजको बैठकमा विभिन्न ८ एजेन्डामा छलफल भइरहेको छ । पार्टी पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने ४ दिन अघि कांग्रेसले बैठक राखेको छ ।
कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दा पुनः सुरुबाट हेर्ने सर्वोच्च अदालतले दिएको निस्सा, देउवाको स्वदेश फिर्ती र पार्टीको केन्द्रीय समितिको बैठकलाई जोडेर हेरिएको छ । बैठकमा संस्थापनइतर समूहले गरिरहेका विविध र गतिविधि’bout पनि बैठकमा छलफल हुने बताइएको छ ।
बैठकमा सहभागी एक नेताहरूका अनुसार पार्टीको १५ औँ महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका तथा सदस्यता अद्यावधिक र वितरण सम्बन्धमा छलफल हुनेछ । यसैगरी महाधिवेशन तयारी समिति गठन सम्बन्धमा पनि छलफल हुनेछ ।
यसैगरी पछिल्लो समयमा तराई मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने सम्बन्धमा तथा सरकारका १०० दिन, तत्पश्चातका गतिविधि र प्रमुख प्रतिपक्षीय भूमिकाका सम्ब न्धमा पनि बैठकमा छलफल हुनेछ । प्रदेश सरकार र सदस्यता व्यवस्थापन तथा जनसम्पर्क समिति र भ्रातृ संघहरूको विधान सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
नागरिकमा सरकारप्रति आक्रोश देख्छुः सभापति गगन
कांग्रेस सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीबाट नागरिकले तीन थरि धारणा बनाएको बताएका छन् । आज आइतबारबाट सुरु भएको केन्द्रीय समितिमा बोल्ने क्रममा सभापति थापाले यस्तो बताएका हुन ।
उनले आफूले नागरिहरुसँग कुरा गरिरहेको र उनीहरुले अनिश्चिता, हतास र आक्रोश भेटेको पनि बताएका छन् । सभापति थापाले भने, ‘केही नागरिककमा अनिश्चितता भएको पाउँछु । केही नागरिकसँग कुरा गर्दा हिजो राम्रो भएन, आज पनि भएको छैन । भोलि पनि हुन्न भने हतास भएको पाउँछु ।’
‘केही नागरिक आक्रोसित छन्’ उनले भने, ‘त्यही कारणले प्रधानमन्त्री बालेन्द्रको दुईदिन अघिको स्टाटस र रास्वपा सभापति रवि लामिछानेको शनिबारको अभिव्यक्ति आएको हो ।’ नागरिकमा रहेको आक्रोशबाट कांग्रेस खुसी नभई चिन्ता लिनुपर्ने पनि उनले बताए ।
सम्बन्धित समाचार
एमाले–नेकपा समीकरणपछि कांग्रेसले गर्यो सातै प्रदेशका नेतासँग परामर्श
प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता, दबाबमा ३ न्यायाधीश
सांसदलाई स्वकीय सचिव राख्ने निर्णय यथावत्
प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो
गृहमन्त्री पदबाट सुधनलाई हटाउन जेन–जी समूहको माग
सुनसरी घटनाः सुरक्षा अवस्था सामन्यीकरणतर्फ
सरकार-हिन्दु सम्राट सेना वार्ता निष्कर्षविहीन, पुनः छलफल हुने
सरकारका प्रवक्ताले आज पत्रकारहरूसँग राजनीतिक विषयमा अन्तरक्रिया गर्ने






