सरकार-हिन्दु सम्राट सेना वार्ता निष्कर्षविहीन, पुनः छलफल हुने

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा सरकार – हिन्दु सम्राट सेनाबीच धनुषामा भएको वार्ता निष्कर्षविहीन टुङ्गिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा सरकार, हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनका प्रतिनिधिबीच करिब दुई घण्टा चलेको द्विपक्षीय छलफल कुनै निष्कर्षमा नपुगेपछि स्थगित गरिएको हो । वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्यहरू पनि सहभागी थिए ।

दुई घण्टाभन्दा बढी समयसम्म चलेको छलफलपछि दुवै पक्षले केही समयका लागि विश्राम गरी पुनः वार्ता गर्ने सहमति गरेका छन् । केहबेरपछि पुनः वार्ता सुरु हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

epaper

ताजा समाचार

पर्सामा पनि हटाइयो निषेधाज्ञा