कालिकोट । कालिकोटको पिलीमा ब्रेक फेल भएर अटो सडकको पर्खालमा ठोक्किँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन । मृत्यु हुनेमा महाबै–५, गेलाका ३५ वर्षीय मंगल शाही छन् । उनको उपचारका लागि जुम्ला लैजाँदै गर्दा तिलागुफा गाउँपालिका–४ मा मृत्यु भएको हो ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका–७, पिलीस्थित सुर्खेत–जुम्ला सडक खण्डमा सोमबार बिहान करिब ९ः३० बजे दुर्घटना भएको हो ।
पिलीबाट मान्मतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो अचानक ब्रेक फेल भएपछि सडकको पर्खालमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हिमबहादुर खत्रीले बताए । ‘ब्रेक फेल भएको प्रारम्भिक जानकारी आएको छ,’ उनले भने, ‘एक जनाको ज्यान जाने गरी भएको दुर्घटना’bout थप अनुसन्धान भइरहेको छ ।’
दुर्घटनामा महाबै–५, गेलाकी २५ वर्षीया सबिना शाही, २९ वर्षीय कुलप्रसाद भट्टराई र वडा नं. ६ की प्रतिमा आचार्य घाइते छन् ।
घाइतेलाई जिल्ला अस्पताल मान्म ल्याइएकोमा दुई जनाको अवस्था सिरियस भएकाले जुम्ला रेफर गरिएको छ । घाइतेमध्ये मंगल र सबिनालाई जुम्ला रेफर गरिएको स्वास्थ्य सेवा व्यवस्थापक तथा जिल्ला अस्पताल प्रमुख डा. रत्नवीर सुनारले बताए ।
सम्बन्धित समाचार
शाहीले लिए मुख्यमन्त्रीको शपथ, मन्त्री नियुक्त भएनन्
भरतबन्धु थापाको ‘प्याराडाईज बागमती’ सार्वजनिक
जैविक मल उत्पादकहरूको विवरण सङ्कलन अभियान सुरु
हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
कांग्रेस प्रदेशसभा सदस्य देउवा ११ महिनादेखि अमेरिकामा, सेवा–सुविधा भने नियमित
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
कर्णालीका मुख्यमन्त्रीको जिकिर : तीनबुँदे सहमतिअनुसार चाँडै नै मन्त्रिपरिषद् विस्तार






