सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको सहमतिअनुसार चाँडै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् ।
एमालेको समर्थनमा १२ साउनमा मुख्यमन्त्री नियुक्त शाहीले दुई साता बित्न लागिसक्दा पनि मन्त्रिपरिषद बिस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद् विस्तार हुन नसकेपनि सरकारी काम नरोकिएको उनको दाबी छ ।
नेकपाबाट मुख्यमन्त्री बनेका शाहीले मन्त्रिपरिषद् विस्तार’bout प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको जिकिर गरे । उनले केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबीसमेत गरे ।
सातै प्रदेशमा तीनबुँदे सहमतिअनुसार दुवै दल एमाले र नेकपा अघि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)
सम्बन्धित समाचार
चितवनका थपलिया बागमतीमा मुख्यमन्त्री पक्का
कांग्रेस प्रदेशसभा सदस्य देउवा ११ महिनादेखि अमेरिकामा, सेवा–सुविधा भने नियमित
अन्यौलमा ओली–प्रचण्ड सत्ता सहमति
मधेशका हिंसात्मक घटनाप्रति कर्णालीका मुख्यमन्त्री दुःखी
फास्ट ट्रयाक निर्माणमा मुख्यमन्त्रीकै कम्पनीको मनोमानी
पत्रकारको प्रश्नमा किन रिसाए प्रचण्ड ?
संसद् छिर्यो न्यायाधीशमाथिको ‘महाअभियोग त्रास’
यस्ताे छ ‘अग्रगामी माेर्चा’ काे घाेषणा पत्र






