सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको सहमतिअनुसार चाँडै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् ।
एमालेको समर्थनमा १२ साउनमा मुख्यमन्त्री नियुक्त शाहीले दुई साता बित्न लागिसक्दा पनि मन्त्रिपरिषद बिस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद् विस्तार हुन नसकेपनि सरकारी काम नरोकिएको उनको दाबी छ ।
नेकपाबाट मुख्यमन्त्री बनेका शाहीले मन्त्रिपरिषद् विस्तार’bout प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको जिकिर गरे । उनले केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबीसमेत गरे ।
सातै प्रदेशमा तीनबुँदे सहमतिअनुसार दुवै दल एमाले र नेकपा अघि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)






