प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले सो प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, आजै दुई वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार, सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची छ ।

बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा ‘ २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम छ ।

विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ । सो समितिको बैठकमा ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल’ गर्ने कार्यसूची छ ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको कुटनीतिक सक्रियता